OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०८०सुर्खेत
२३२ पटक

 

१ असार २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट प्रस्तुत गरिएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत बजेटअन्तरगत चालूतर्फ रु.नौ अर्ब २० लाख २४ हजार (२६.९७%) र पूँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार (५८.६५%) बजेट विनियोजन गरिएको बताउनुभयो ।

उक्त बजेटअन्तरगत योजनामन्त्री सिंहले स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत रु.चार अर्ब ८० करोड चार लाख ४० हजार १४.३८ प्रतिशत विनियोजन गरिएको जनाउनुभयो । त्यस्तै, आगामी अािर्थक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रु.८३ करोड ६२ लाख १२ हजार र चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित सात अर्ब ४१ करोड छ लाख पाँच हजार परिचालन गरिएको उहाँको भनाई थियो ।

उहाँका अनुसार संघीय सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त हुने बजेट आठ अर्ब ८४ करोड तीन लाख र वित्तिय समानीकरणबाट प्राप्त हुन आएको रु.१० अर्ब १६ करोड ४१ लाख । सशर्त अनुदानबाट रु.चार अर्ब ७५ करोड तीन लाख परिचालन गरिनेछ । संघीय सरबारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ रु.७६ करोड १६ लाख र विशेष अनुदानतर्फ रु.६० करोड ७९ लाख परिचालन गरिनेछ ।

संघीय सरबारबाट सर्शत अनुदानमा प्राप्त हुने वैदेसिक साहयता बाहेक अन्य वैदेसिक साहयताबाट सञ्चालिन हुने कार्यक्रम कार्यान्वयनका लागि रु.एक करोड ८६ लाख ९० हजार स्रोत परिचालन हुनेछ । विनियोजित बजेटमा कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात र सहरी विकासका लागि रु.१० अर्ब ११ करोड ४२ लाख (३०%) बजेट विनियोजन गरेको छ ।

‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई अपेक्षित लक्ष्यमा पुर्याउन कर्णाली समृद्धिको अभिायन अगाडि बढाउन प्रदेश सरकारले बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस्