OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई, बैशाख २९, २०७७जुम्ला ।
१००९ पटक

वैशाख २९ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ । कोरपाटी अनलाईनले जुम्लाको तिला गाउँपालिकाले के के काम गरेको छ । सो बिषयमा हामीले जानकारी लिएका छौ ।
तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष बिष्णुमाया बुढा र प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटालाई सम्पर्क गरि जानकारी लिएका छौ ।
गाउँपालिकाले रु २६ लाख ७० हजारको विपत व्यवस्थापन कोष खडा गरेको छ । जनप्रतिधिको भत्ता र कर्मचारीको एक दिनको तलब समेत जुटाएर बिपत कोष खडा गरिएको थियो ।
यसैगरी तिला गाउँपालिमा रु ६० लाखको अन्य कार्यक्रमबाट कोरोना रोकथाममा बिनियोजन गरिएको छ । गाउँपालिकाका अनुसार अति विपन्न ६७ जनालाई ३० केजी चामल, सावुन र र नून राहात बितरण गरेको छ । गाउँपालिकाले राहात बितरण पद्धति भने आवश्यकताको आधारमा गरेको दावी गरेको छ । अतिविपन्नको तथ्यांक संकलन गरेर सिमितलाई मात्रै राहाँत बितरण गरिएको छ । गाउँपालिकामा वडाले छनौट गरेर पठाउने कार्यपालिकाले निर्णय गरेपछि मात्र राहात दिने गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो
उपाध्यक्षको टोली गाउँ गाउँमा ः
यता उपाध्यक्ष बिष्णु माया बुढाको नेतृत्वको टोलीले हरेक गाउँमा दुईपटक जनचेतना सहित माक्स सावुन सेनिटाईजर वितरण गर्नुका साथै जनचेतना दिएको बुछ । उपाध्यक्ष बुढा सहित स्वास्थ्यकर्मी, प्रहरीको टोलीले हरेक बस्तिमा कोरोना रोकथामबाट जोगिन लकडाउनको पालन गर्नुपर्ने, सरसफाई गर्नुपर्ने लगायतको सूचनाको पहारा दिदै जनचेतना दिएको छ । पछिल्लो पटक गर्भवति र सुत्केरीलाई समेत कोशेली बोकेर गाउँ गाउँ पुगेर फर्किनु भएको छ ।
गाउँपालिकाले अहिले ४३ जनाको कोरोनाको आशंकामा आरडिटी जाँच गरेको छ । गाउँपालिकालिकाका ५३ वेड क्वारेन्टाईन निर्माण गरि संचालन भईरहेको छ । यसैगरी गाउँस्तरीय बिपत व्यवस्थापन समिति गठन गरेर काम भईरहेको छ । अव तथ्यांक संकलन गरेर खान अभाव हुने संकेत देखिएका चार सय २७ घरधुरीलाई राहात दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । यसैगरी स्वास्थ्यकर्मीहरु निरन्तर कोरोना रोकथाममा लागिरहेका छन् । अहिले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ८ वटा ईन्फ्रेड थर्मामिटर, २० सेट पिपिई सेट सहित स्वास्थ्य सामग्रीहरु उपलब्ध गरिएका जानकारी गरिएको छ । अहिले गाउँपालिकाको रु ८ लाख खर्च भएको प्रशासकीय अधिकृत नमराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कामको विल वडाहरुबाट आएपछि भुक्तानी हुनेछ ।

प्रतिकृया दिनुहोस्