OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही /पूर्ण चौलागाई बैशाख २७, २०७७ जुम्ला
८१६ पटक

जुम्ला वैशाख २७ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ । कोरपाटी अनलाईनले जुम्लाको तातोपानी गाउँपालिकाले के के काम गरेको छ । सो बिषयमा हामीले जानकारी लिएका छौ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद धिताललाई सम्पर्क गरि लिएको जानकारी अनुसार । गाउँपालिकाले रु ३९ लाखको बिपत व्यवस्थापन कोष स्थापना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सामग्री खरिद गरेको छ । आवश्यक औषधी खरिद गरिएको छ । गाउँपालिकाले घरदैलो गरेर मास्क र सावुन वितरण तथा सचेतना गरेको छ । गाउँपालिकाले कोरोना सम्वन्धीको रेडियो तथा भिडियो सन्देस तयार गरेको छ । अन्य सञ्चार माध्यामहरुमा समेत सूचना प्रकाशन प्रशारण गरेको छ । गाउँपालिकामा नै खाद्य बैंकको स्थापना गरिएको छ । खाद्य वैंकमा दुईसय क्विन्टल चामल र १८ क्विन्टल नुन र ६० पेटी स्टक छ । यसैगरी तातोपानी गाउँपालिकाका ३ वटा स्थान वडा नं ७ लामाबगर, वडा नं ८ कालिका माध्यामिक विद्यालय टोप्ला, वर्डानं ५ दुर्गा मा.वि लाम्रामा ८० बेडको क्वारेन्टाईन स्थापना गरिएका छन् । क्वारेन्टाईनमा बसेका ३३ जना घर गईसकेका र ६८ जना अहिले क्वारेन्टाईनमा छन् । वाहिरबाट आउने मानिसहरु धेरै बढि आएकाले क्वारेन्टाईन खचाखच भरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४२ जनाको आरडिटि जाँच गरि नेगेटिभ नतिजा आएको छ । यसैगरी ३५ जनाको स्वाब संकलन गरिएको छ ।
यसैगरी जनता सँग अध्यक्ष कार्यक्रम र उपाध्यक्ष कार्यक्रम तथा न्यायिक समितिका काम पनि कोरोना रोकथाममा केन्द्रीत गरिएको छ । यसैगरी जुम्ला जाजरकोट नाकामा हेल्थ डेक्स समेत राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अहिले स्थानीय तहको विपत व्यवस्थापन कोषमा रु ३९ लाख जम्मा गरेकोमा रु १८ लाख ८४ हजार एकसय ६७ खर्च भएको लेखा अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्