OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जुम्ला,माघ २, २०७९ जुम्ला,
४०५ पटक

माघ २ गते । जुम्लाको तातोपानी गाँउपालिका वडा नम्बर ६ ले न्यानो कपडा बितरण गरेको छ । जुम्लाको माईनस डिग्री चिसोमा न्यानो ज्याकेट, स्विटर, टोपी र मफलर बितरण गरेको हो ।

यतिवेला जुम्लाको न्युतम तापक्रम माइनस डिग्री सेल्सिएस छ । पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिनुभयो ।
आर्थिक रूपमा पिछडिएका वर्ग, एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६ का वडा अध्यक्ष बिशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन ।

कार्यक्रममा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले चिसो समय भएकाले वडाले गरेको न्याने बितरण कार्यक्रम महत्वपुण भएको बताउनु्भयो । उहाँका अनुसार आर्थिक अवस्था कमकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ । जुम्लाको कठ्याग्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर र एकल महिला हरेक हिसावले कमजोर हुन्छन । यो समय बृद्ध बृद्धाका लागि अति सकसको समय हो । उनीहरुलाई यो समयमा जाडो छल्ने न्यानो ज्याकेट , टोपी गलबन्दी र महिलालाई सुइटर दिइएको छ ।

जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष बिशाल खड्काले आफ्नो वडा भरीका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले सम्मान स्वरुप कपडा वितरण गरिएको जानकारी दिनुभयो । उहाँ अनुसार ६८ वर्ष माथीका ३८ जना, ६० देखी ६७ वर्षका ६८ जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा बितरण गरिएको छ ।

न्यानो कपडापछि ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । तातोपानी ६ की एकल महिला राजकली बिष्टले एकल महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो भएको बथताउनुभयो । उहाँले वडा कार्यालय वल्ल नजिकको सरकार जस्तो महशुस हुदै आएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्