OnlinePana

आज : २०८१ पौष २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ३०, २०७९सुर्खेत
३३७ पटक

३० पुस २०७९, शनिबार

के तपाईलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ ।

रगतको अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ । कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको ‘केएसडी ब्लड एप’ आजदेखि पूर्णरुपमा अपडेट भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिएसँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने भएको जनाउनुभयो । “हामीले सुर्खेत जिल्लाका बिरामीहरुका लागि चाहिने रगत पाउन सहज होस् भनेर एपको निर्माण र सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो, “तर पूर्णरुपमा अपडेट हुन नसकिरहेको अवस्थामा ब्लड बैकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो ।”

हाम्रो साझेदार संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतसँग समन्वयमा वल्र्ड लिङ्कले सहुलियतमा इन्टर जडान गरिदिएपछि सहज भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एपमार्फत् छिटोछरितो तरिकाबाट रक्तदाताहरुको डाटा खोज्न सहज हुने बताउनुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तवरबाट रक्तदाताहरुसँग सम्पर्क गर्न सकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्