OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १५, २०७९सुर्खेत
४९५ पटक

१५ पुस २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जदविद्युत आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ ।

प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत कित्ता शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । शेयर प्रमाण पत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युतको प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

“गएको साउनमै प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत कित्ता शेयर खरिद गर्ने निर्णय गरेको थियो,” उहाँले भन्नुभयो, “शेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ, ।” प्रदेश सरकारले प्रति शेयर एक सयका दरले रु.११ करोड ७१ लाख ५० हजार शेयरवापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले जनाउनुभयो ।

प्रदेश सरकारले कूल रु.३५÷३६ करोड रकम हाल्नुपर्ने रहेको जनाउँदै उहाँले त्यसबाट आउने राजश्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाले प्रति दिन एक करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले पाँच प्रतिशतका दर पाँच लाख रु महिना रु.एक करोड ५० लाख कमााउँछौं ।” शेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन् स्रोत हुने उहाँको भनाई छ ।

उक्त आयोजनाका प्रमुख सापकोटाले कर्णाली सरकारले खरिद गरेको शेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताउनुभयो । उहाँका अनुसार आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका वडानं. १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने बताउँदै आयोजना प्रमुख सापकोटाले रु.१९ अर्ब ९० अर्ब अनुमानित रकम लगानी हुने र त्यसबाट १०६ मेगावाट विद्युत उत्पादन हुने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्