OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथाेकी मंसिर १८, २०७९जुम्ला
१०९७ पटक
जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको १९ आँैँ वार्षिक साधारण सभा तातोपानी गाउँपालिका वडा नंं २ स्थित तातोपानी धारामा हुने भएको छ । जुम्लामा महासंघ स्थापनाको एतिहासमै पहिलो पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा हुन लागेको हो । आईतबार एक विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ जुम्लाको साधारण सभा आगामी मंसिर २१ गते हुने जानकारी गराइएको छ ।
जिल्लाकै पर्यटकिय गन्तव्यका रुपमा रहेको तातोपानी धाराको पर्यटन प्रर्बद्धन,प्रचार प्रशार,पर्यटकको आगमनमा बृद्धि गरी पालिकाको आर्थिक समृद्धीमा टेवा पुराउने लक्ष्यका साथ महासंघ १९ औँ वार्षिक साधारण सभा तातोपानी धारामा गर्न लागिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
उनका अनुसार १९ आँै साधारण सभा आगामी मंसिर २१ गते तातोपानी धारामा हुने छ । साधारण सभाका लागि आर्थिक सहयोग गरेको तातोपानी गाउँपालिको मुख्य प्राययोजक रहेको छ । भने होटल रिभर साईट होटल पाटर्नरका रुपमा रहेको छ ।
महासंघको साधारण सभा मार्फत पर्यटकिय क्षेत्र तातोपानी धारामा समग्र मुलुककै ध्यान केन्द्रित गर्ने लक्ष्य राखिएको छ । महासंघका पूर्व पदाधिकारी,पुर्व कार्यसमिति,केन्द्रिय परिषद सदस्य तथा वर्तमान पदाधिकारी,कार्यसमिति,जिल्ला स्थित सरोकारवाला लगायत २ सयजना बढीको सहभागिता गराउने लक्ष्य राखिएको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले जानकारी दिए ।
उनका अनुसार साधारण सभा आउन ३ दिन मात्र बाँकी  रहँदा तयारीलाई तिब्र पारिएको छ । महासंघले ताताेपानीमा रहेका पर्यटकीय केन्द्रकाे पनि झल्काे दिनेगरि तस्विर सार्वजनिक गर्नेछ ।

प्रतिकृया दिनुहोस्