OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १७, २०७९सुर्खेत
५०७ पटक

१७ मंसिर २०७९, शनिबार

कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाको १०औं वार्षिक साधारणसभा तथा छैटाैं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनले लोकेन्द्रबहादुर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उक्त अधिवेशनबाट उपाध्यक्षमा धर्मराज भण्डारी, सचिवमा उपेन्द्र मल्ल, कोषाध्यक्षमा लक्ष्मी बिक तथा सहसचिवमा मान बहादुर खड्कालाई सर्वसम्मत चयन हुनुभएकाे छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा जीवन केशर खनाल, मेलिना मल्ल, दिव्यश्वर बराललाई चयन गरिएकाे छ ।

अधिवेशन कार्यक्रमलाई सम्बाेधन गर्दै सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतले करिव २०५० सालतिर आफुपनि यो क्षेत्रमा लागेको अनुभव सुनाउनुभयो । उहाँले क्यान महासंघ पनि उद्योग बाणिज्य संघसंग जोडिएको संस्था भएकोले कर्णालीको सूचना र प्रविधिकाे क्षेत्रका कामहरुमा हरेक किसिमका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अधिवेशनमा क्यान महासंघ सुर्खेत शाखाका संस्थापक अध्यक्ष रामकिशोर रावल, पूर्वअध्यक्ष पूर्णदेव अधिकारी तथा क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै निर्वाचन मण्डलका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

आज नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले केन्द्रीय प्रतिनिधिमा संस्थापक अध्यक्ष रामकिशोर रावल र पूर्वअध्यक्ष प्रेम प्रकाश चन्दलाई सिफारिस गरेको छ ।

नवनिर्वाचित अध्यक्ष गिरीले कर्णाली प्रदेश सरकारले अघि बढाएको डिजिटल कर्णालीकाे मुद्दा सेलाए पनि आफ्नो कार्यकालमा सूचना र प्रविधि सम्बन्धी विभिन्न कार्यक्रम तथा तालिमहरुको आयोजना गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस्