OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २८, २०७५जुम्ला ।
६२५ पटक

जुम्ला । दशै नजिकिदै गर्दा जुम्लाको सदरमुकाम खलंगामा महंगी समेत बढेको छ । मानिसका आधारभुत आवश्यकता बस्तुहरु तेल, चिनी, वेसार, मासु, सावुन, चाउचाउ लगायतका आवश्यक दैनिक सामानहरु हवात्तै बढेपछि नागरिकहरु आक्रोसित भएका छन् ।
जुम्ला बजारमा रु १३ सयको पेटीमा पाईने तेल अहिले रु १४ सय ५० रुपैयामा बिक्री भईरहेको छ । यसैगरी रु ६ सय ५० प्रीत केजीमा बिक्री भईरहेको मासु रु ७ सय बढाईएको छ । यस्तै चिनी रु सय देखी एक सय ५ रुपैयामा बिक्री भईरहेको छ ।
दशैको वहानामा हरेक बर्ष कालोबजारी तथा महंगी बढ्ने गरेपनि सरोकारवाला निकायहरु टुलुटुलु हेरिरहेका छन् । अहिले सम्म मुल्य सुचि समेत टास्न नसकिएका कारण नागरिकलाई एकै सामान फरक पशलबाट फरक फरक मुल्यमा बिक्री गर्ने भएकाले कठिन भएको छ । यता उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजवअलि मनिहारले मुल्य सूचिमा एक रुपता गर्ने प्रयास भएपनि वाहिरैबाट फरक फरक मुल्यमा सामान आएकाले कठिन भएको बताउनुभयो । उद्योग बाणिज्य संघले नै बढाएर सामान बिक्री भईरहेको हुदा अनुगमन गरेर रोक्न लगाईएको चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर अप्सरादेवी न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरी दशै नजिकिदै जादा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । दशै सुरू हुन अब केही दिन मात्र बाँकी रहँदा जुम्ला बजारमा सामानको किनमेल गर्ने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
नेपाली हिन्दुहरूको महान पर्व दशै भएकाले पनि यो समयमा मानिसहरुले खाद्य सामग्रीदेखि लत्ता कपडासम्मका सामानहरू अनिवार्य रूपमा किन्ने गरेका छन् । त्यसैले पनि दशै नजिकिएसँगै बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढ्ने गरेको छ । व्यापारीहरूको पनि बर्षभरीको कमाई हुने समय भनेकै दशै तिहार जस्ता पर्वमा नै हो । यो समयमा अन्य समयमा भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको पाइन्छ । सडकदेखि विभिन्न मल तथा सपिङ सेन्टरहरूमा समेत मानिसहरूको चहलपहल बढेको छ । अहिले जुम्ला वजारमा सामान किन्नका लागि भीड लाग्न सुरू भइसकेको छ । दशैंमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने भन्ने परम्परागत मान्यताले गर्दा पनि यो समयमा बजारमा रौनक छाउने गरेको छ ।

दशै मनाउनका लागिे मानिसहरूले आफ्नो र आफ्नो परिवारकाहरुले केही न केही नयाँ सामान उपहार किने हुनाले पनि बजारमा सामान अत्याधिक मात्रामा विक्री हुने गरेको छ ।
रोजगारको शिलसिलामा देशका बिभिन्न स्थान संगै भारत लगाएतका अन्य मुलुकमा पुगेका जिल्लावासीहरु क्रमश जिल्ला भित्रन थाले पछी सुनसान रहेका गाँउघरहरुमा समेत चहलपहल बढ्न थालेका छन । बिस्तारै दशैका लागी भनेर उपोभोग्य बस्तुहरु किनमेल गर्नेहरुको उपस्थिती समेत बढ्न थालेको छ । यो सँगै दशैको लागी भनेर जिल्लामा बिभिन्न किसिमका तयारीहरु समेत हुन थालेका छन ।सुनसान रहेका गाँउघरहरु चौक तथा गल्लीहरुमा समेत चहलपहल बढ्न थालेको हो ।

प्रतिकृया दिनुहोस्