OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७७जुम्ला
१४७६ पटक

नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्व अध्यक्ष तथा नागरिककर्मी पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरिएको छ । नेपाल पत्रकार महासघ जुम्ला र मुगु शाखाले स्वास्थ्य लाभको कामना सहित एक बिज्ञप्ति जारी गरि आर्थिक सहयोग गरि उपचार गर्न सघाउने अभियान शुरु गरेको छ ।
यसैगरी सबै पत्रकारले आफ्नो इच्छाअनुसार रकम संकलन गरेर आइतबार हस्तान्तरण गर्ने तयारी भइरहेको अध्यक्ष बरमबहादुर महतले जानकारी दिनुभयो । महासंघ जुम्लाले मल्लको स्वास्थ्यलाभको कामना गर्दै सहयोगी निकाय, इच्छुक व्यक्ति र पत्रकारलाई आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गरिरहेका मल्ललाई महासंघले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, नेपाल पत्रकार महासंघ केन्द्र, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, कर्णाली प्रतिष्ठानलाई निशुल्क उपचारको सहयोग गर्न अपिल गरेको हो । यसै गरी पत्रकारहरुले आर्थिक संकलन शुरु गर्न थालेका छन् । पत्रकार महासंघ शाखाले आर्थिक संकलन शुरु गरेको हो ।
प्रतिष्ठानले आधारभुत उपचारमा सहयोग गर्ने :
जुम्लाले नेपाल पत्रकार महासंघ मुगुका निर्वतमान अध्यक्ष एवं नागरिककर्मी सुमन मल्लको निःशुल्क उपचार गर्ने भएको छ । पत्रकार महासंघ जुम्ला र पत्रकारहरुको समन्वयमा मल्लको उपचारमा आधारभुत निशुल्क सहयोग गर्ने भएको छ ।
मस्तििक्स समस्या आएपछि मल्ल तीन दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना हुनु भएको छ । उहाँलाई मुगु जिल्ला अस्पतालमा एक सातासम्म उपचार गर्दा पनि सुधार हुन नसकेपछि जुम्ला रेफर गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले मल्लको उपचारमा सहयोग गर्ने भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले मल्ललाई आफैँले भेटेर उपचार निःशुल्क हुने जानकारी दिनुभयो । उहाँले ‘उपचारमा विशेषज्ञ डाक्टरको उच्च निगरानी र उहाँको उपचार गर्न सिंगो प्रतिष्ठान लागिपरेको जानकारी दिनुभयो’ प्रतिष्ठानले पत्रकार मल्लको उपचारका साथै खानपिनको व्यवस्था समेत गर्ने भएको छ ।

मल्लको अवस्था वारेमा पत्रकार महासंघ जुम्लाले जानकारी लिएकोे छ । उपचारमा संलग्न डा. धिरज गुरुङले स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई तीन दिनभित्र उहाँको सबै रिपोर्ट आउने भएकाले अहिले अस्पतालमै राखेर उपचार भइरहेको छ ।
पत्रकार मल्लका कर्णाली दक्षिण बग्दो छ, सुइना कर्णालीका नाटक चर्चित कलाकार हुन ।

पत्रकार महासंघ जुम्लाको बिज्ञप्ति :


नेपाल पत्रकार महासंघ शाखा जुम्ला ।
मिति ः २०७७।०१।१९
बिषय ः बिज्ञप्ति
नेपाल पत्रकार महासंघ मुगु शाखाका निर्वतमान अध्यक्ष, कर्णाली दख्खिन बग्दोछ, सुईना कर्णालीका चर्चित कलाकार सुमन (सुनबहादुर) मल्ल गम्भिर बिरामी भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको हुदा सर्व प्रथम नेपाल पत्रकार महासंघ शाखा जुम्लाको तर्फबाट पत्रकार मल्लको स्वास्थ्य लाभको कामना गर्दछौ ।
पत्रकार सुमन मल्लको स्वास्थ्य अवस्था बुझ्दा मस्तिक्स सम्वन्धी गम्भिर समस्या भएको हुदा र घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँको जीवन रक्षाको लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, नेपाल पत्रकार महासंघ केन्द्र, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, पत्रकार महासंघ देशका सम्पूर्ण शाखा, सम्पूर्ण पत्रकारसाथीहरु र सहयोगी ईच्छुक व्यक्ति र निकायहरुलाई आर्थिक सहयोगका लागि नेपाल पत्रकार महांसंघ शाखा जुम्ला हार्दिक अपिल गर्दछ ।
सहयोगी व्यक्ति र निकायहरुले सहयोग रकम पत्रकार सुनबहादुर मल्ल नामको राष्ट्रिय बाणिज्य बैंकको मुगु शाखाको खाता नं ४०६०००७५१५१० मा जम्मा गरि सहयोग गरिदिनहुन अनुरोध छ ।

बरमबहादुर महत
(अध्यक्ष)

प्रतिकृया दिनुहोस्