OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ६, २०७९सुर्खेत
२४५ पटक

५ असोज २०७९, बुधबार

रुकुमपूर्वमा भूमे गाउँपालिका ३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँचको मृत्यु भएको छ ।

काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग.१.ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतको सनाखत हुन नसकेको बताउँदै उक्त बसमा सवार १७ जना मध्ये १३ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाउनुभयो । उहाँका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेको उपचारको हेलिकप्टर ल्याउन पहल गरिएको छ ।

यता नरसिंङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसिले घाइतेको उपचारको लागि हेलिकप्टर बोलाउने समन्वय भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टर नेपाली सेनाले सुर्खेतबाट ल्याउने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्