OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ५, २०७९काठमाडौं
७०३ पटक

५ असाेज २०७९ बुधबार

जुम्ला चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालत काठमाडौं आरोप पत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा शाखा प्रमुख भण्डारीविरुद्ध बुधवार विशेष अदालतमा आरोप पत्र दायर भएको जानकारी दिनुभयो ।

प्रमुख भण्डारीले आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्ने थियो । तर, भण्डारीले कार्यालयको नामबाट बैङ्कलाई पत्र लेखी दस्तखत गरी २० लाख ७८ हजार छ सय रुपियाँ आफ्नो र आफ्नो नाबालक छोराको खातामा जम्मा गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

प्रमुख भण्डारीले व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर भएकाले २० लाख ७८ हजार छ सय रुपियाँ बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरी आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीको भनाइ छ । गाेरखापत्र अनलाइनबाट ।

प्रतिकृया दिनुहोस्