OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १४, २०७७काठमाडौं
४४२ पटक

 

 

गोरखापत्रअनलाइन
काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गर्ने कार्यक्रम रहेकाे छ ।

साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकार बीचकाे समझदारीमा जान दिन निर्णय समेत गरेकाे उहाँले बताउनुभयाे । साथै हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म राेक्ने निर्णय भएकाे छ ।

चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पु¥याएको थियो ।
यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधिबढाइएको थियो ।
छिमेकी देश भारतमा लक डाउनको समय बढाएको र त्यहाँकोरोना भाइरसका कारणले संक्रमणबढेसँगै नेपालमा पनि बढ्न सक्ने आंकलनगर्दैै डाउनको अवधिचौंथो पटकमा १२ दिनबढाएर वैशाख १५ सम्म पु¥याएको हो ।
आइतबार नेपालमा थप दुईजनालाई संक्रमण भएर संक्रमित संख्या ५२ जनापुगेको छ भने १६ जनापूर्ण रुपमा निको भएर डिस्चार्ज भएकाछन् ।
संक्रमितअन्य ३५ जना देशकाविभिन्न अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको छ ।

प्रतिकृया दिनुहोस्