OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २७, २०७५काठमाडौं
७२७ पटक

खलंगा असोज ९ गते । जुम्लाको सदरमुकाम खलाङगा वजारमा अर्गानिक जमराको जुस उत्पादन गरी बेच्न थालीएको छ ।
जुम्लाको चन्दननाथ नगरपालीका वडा नम्वर ८ जातिभिडका अपाङ्गता भएका व्यक्ति कमला बुढाले वजारमा अर्गानिक जमराको जुस उत्पादन गरी आयआर्जन शुरु गर्नुभएको हो ।
कमला बुढाले शुरु गर्नुभएको जमराको जुसबाट दैनिक ५ सय देखी एक हजार सम्म आम्दानी हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय र चन्दननाथ मन्दिरको अगाडि एउटा सानो टेवुल राखिएको छ । टेवुल माथी सानो जुस पेल्ने मेशिन, जमरको डालो छ । एउटा कुर्चीमा बसेर जुस पेल्ने र बिक्री बितरण गर्ने कमलाको दैनिकी शुरु भएको छ ।
जमराको जुस उत्पादन शुरु भएपछि एका विहानै मानिसहरु जुस खान चन्दननाथ मन्दिरमा पुग्ने गर्दछन् ।
स्थानीयको माग र औषधी हुने भएकाले मध्यनजर गर्दै आफुले १ महिना अगाडी वाट जमराको जुस उत्पादन गरी बेच्ने काम शुरु गरेको जुस विक्रेता कमला बुढाले जानकारी बताउनुभयो । घरमै उत्पादन गरेको अर्गानिक जमराको जुस उत्पादन गरी बेच्ने गरेवाट जुस खाने मानिसको संख्या बढ्दै गएको कमलाले बताउनुभयो । उत्पादित प्रतिगिलास जुस रु ५० मा जुस बिक्री भइरहेको छ ।
मुटु रक्तचाप र मधुमहेको औषधी ः
जमराको जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर, सुघर, प्रेसर, जण्डिस, महिलाको सेतो पानी बग्ने, महिनावरी गटवट लगायत रोगी बिरामीलाई जुसले फाइदा हुने गरेको उहाँको दावी रहेको छ ।
यसमा पनि बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने स्वास्थ्य कर्मीले बताउदै आएका छन । आफुले रु ३ हजार ५ सयमा एक मेशिन खरिद गरेर जमराको जुश उत्पादन वजारमा सप्लाइ गर्दै आएको उहाँले जनाकारी दिनु भएको छ ।

उत्पादन गरेको अर्गा्िनक जमराको जुस अहिले ग्रहाकहरुको मागअनुसार दिन नसकीएको जुस उत्पादक कमला थापाले रेडियो कर्णाली लाइ जानकारी दिनु भएको छ । समाजमा अपाङ्गाहरुले केही गर्न सक्दैनन भने प्ररम्परागत रुढीवादी चिन्तन बाट माथी उस्केर अर्गानिक जमराको जुस उत्पादन गरी बेच्न वजारमा बेच्न जान पाउँदा खुशी लागेको बताउनुभयो ।
यूटयूवबाटै शिप ः
यूटयूव हेरेको आधारमा आफुले यो शिप सिकेको उहाँको भनाई छ । विहानको २ घण्टामा मात्रै यो आम्दानी हेर्दा व्यवसाय राम्रो होला भन्ने आशामा आफु रहेको बताउनुभयो । एक महिनामै यो व्यवसायबाट घर खर्च चलाएर रु २० हजार बचाएको उहाँकाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्