OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७९सुर्खेत
४३३ पटक

७ साउन२०७९, शनिबार

रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडक खण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेश नाका भेरीगंगा नगरपालिका ५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे.१.च २८८२ नम्बरको बलेरो जिप चेकजाँच गर्दा कुनैपनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

त्यस्तै, भेरीगंगा नगरपालिका १२ सुर्खेत सल्लिचोकस्थित ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिई गएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको क.प्र.०२०१ ख ०५८७ नं.को फोर्स गाडीमा चेकजाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको बा.३.ख ४०९३ नम्बरकोे फोर्स गाडी चेकजाँच गर्दा उक्त गाडीमा बेवारिसे अवस्थामा रहेका तीनवटा जेब्रा झोलामा जम्मा ६३ पिस लेडिज कुर्ता सुरुवालको काँचो कपडा फेला पारी बरामद गरिएको छ ।

बरामद वस्तुहरुको थप अनुसन्धान थालिएको छ । अवैध सबै वस्तुहरु शुक्रबार राति १०ः०० बजेपछि बरामद गरिएको र नियन्त्रणमा लिएका सबै गाडीहरु गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्