OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २७, २०७५काठमाडौं
११०३ पटक

खलंगा असोज ४ गते । उद्योग बाणिज्य संघको अध्यक्षतामा रज्जबअलि मनिहार बिजय भएका छन् । मनियार प्रतिद्धन्द्धी भैरबबहादुर कठायतलाई हराउदै १९९ मत ल्याएर बिजयी भएका हुन । प्रतिद्धन्दी कठायतले भने १२७ मत प्राप्त गरेका निर्वाचन संयोजक तथा अधिबक्ता देवेन्द्रराज शर्माले बताउनुभयो ।
अर्का प्रतिद्धन्द्धी निर्वतमान अध्यक्ष रामदत्त रावलले ६९ मत प्राप्त गरेका थिए । यसैगरी प्रथम उपाध्यक्षमा दिलबहादुर रोकाया, द्धितीय उपाध्यक्षमा देउऋषि चौलगाई, महासचिवमा अनिलबहादुर रोकाया, कोषाध्यक्षमा डम्बर कुमारी खड्का, खुला सदस्यमा पुरिचन्द्र देवकोटा, गणेशबहादुर रोकाया, मेघराज गिरी, लक्ष्मी चन्द्र भट्टराई, महिला सदस्यमा सुनिता श्रेष्ठ, जनजाति सदस्यमा नन्दबहादुर गुरुङ र दलित सदस्यमा मोति सार्की बिजय भएका हुन । भदौ ३१ गते शुरु भएको २३ औ चुनावी अधिवेशनमा कम्यूनिष्टका दुई प्यानल दुई प्यानल सहित चुनावी मैदानमा उत्रिएपछि सजिलै भारीमतले प्रजातान्त्रिक प्यानल पुरै बिजयी भएको हो ।
नवनिर्वाचित अध्यक्ष रज्जब अलि मनिहारले जुम्लाको उद्योग क्षेत्रको विकास र परिवर्तनमा बिजयी सम्पूर्ण प्यानल एकमत भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले सवै सँग सहकार्य गरेर समेत काम गर्ने बताउनुभयो । विजयी नवनिर्वाचित कार्यसमितिले जुम्लामा वृहत बिजय ¥याली समेत सम्पन्न गरेको छ । स्थानीय बाजागाज सहित जुम्ला बजार परिकर्मा समेत सम्पन्न गरेको हो ।
यता कम्यूनिष्ट विभाजित हुदा भने सर्वत्र आलोचना भएकोछ । पूर्व माओवादी निकटका भैरबहादुर कठायत र पूर्व एमाले निकटका रामदत्त रावलको प्यानल मिल्न नसकेर चुनावी मैदानमा उत्रिएपछि पार्टी एकताको तल्लो स्तरको भावमा पनि चुनौति थपिएको छ । यद्यपी नेतृत्व पंतिले मिलाउन खोज्दा पनि दुई अध्यक्ष कठायत र रावल निमिल्दा धोका भएको तल्ला व्यापारीहरुले गुनासो गर्दै आएका हुन ।

प्रतिकृया दिनुहोस्