OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०७९सुर्खेत
२६९ पटक

४ साउन २०७९, बुधबार

जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मताहातका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगति समीक्षा सुरु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा नयाँ बजेट र आव २०७९÷८० को बजेट कार्यान्वनका विषयमा समेत छलफल हुनेछ । सबै जिल्लास्थित कार्यालयहरुले आफूले वर्ष भरी गरेको प्रगति विवरण समीक्षामा प्रस्तुत गर्ने छन् । कर्णााली प्रदेशको खानेपानी ,सिँचाइ , उर्जा र तटबन्धमा मन्त्रालयले गरेको लगानी र त्यसको प्रतिफलका विषयमा समेत व्यापक छलफल हुने जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

मन्त्रालयले ठुलो जलविद्युत आयोजनामा सेयर लगानी देखि परिणाम निकाल्ने खालका खानेपानी तथा सिँचाइका योजनाहरु निर्माण कार्य जारी राखेको छ । विभिन्न विकास साझेदार निकायसँग समेत सहकार्य गरी कामहरु भइरहेको मन्त्री सिंहले जानकारी दिनुभयो । जिल्ला स्थित कार्यालयले काम गर्दा परेका समस्याका विषयमा समेत जानकारी गराउने छन् ।

नयाँ आवमा समेत केही नयाँ योजना र अधिकांश पुराना आयोजनाहरु निर्माण गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । भेरी वेसिन सिँचाइ तथा खानेपानी , सल्यानको शारदामा खानेपानी तथा प्रदेश राजधानी वीन्द्रनगरमा खानेपानीलगायतका नयाँ योजना समेटिएका छन् ।

प्रतिकृया दिनुहोस्