OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०७९सुर्खेत
४२४ पटक

 

२७ असार २०७९, सोमबार

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।

प्रदेशसभाको दशौं अधिवेशनको २३औं बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिनुभयो । “अहिलेसम्म संघीय सरकारका चार वटा अनुदान प्राप्त बजेटबाट खर्च गरिरहेका छौं,” उहाँले भन्नुभयो, “हामीले एक अर्ब राजश्व संकलन गर्न सकेका छैनौं र यसको आकार पनि सानो छ ।”

राजश्व संकलनका क्षेत्र पहिचान गर्न र वित्तिय अनुशासन कायम गरी कर्णालीको दीगो अर्थतन्त्रमा सहयोग पुर्याउने योजना अगाडि बढाउनेतर्फ ध्यान दिन सदस्य रावलले सरकारलाई सुझाव दिनुभयो । उक्त छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने विषयमा प्रदेशसभा सदस्यले महत्वपूर्ण सुझाव दिएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकार राजश्व वृद्धि गर्ने खालका कार्यक्रम तथा योजनाको बढोत्तरीमा लाग्ने जनाउनुभयो ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिनुभयो । मुख्यमन्त्री शाहीले सभामा बजेट पारितका लागि प्रस्ताव गरेसँगै उक्त बजेट बहुमतले पारित भयो । प्रदेश सरकारले आगामी आव.२०७९÷०८० का लागि यही असार १ गते रु.३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको थियो ।

प्रतिकृया दिनुहोस्