OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ।आषाढ २४, २०७९जुम्ला ।
३४१ पटक

असार १३ गते, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशुअस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार उपलब्ध गराई वितरण गरिएको हो ।

कृषि तर्फका ७ र पशुपालन तथा पशुपंक्षी पालन तर्फ ७ जना गरी १४ जना किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरुस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

उत्कृष्ट किसानलाई शुक्रबार एक कार्यक्रमका बीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चाय र प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले पुरस्कार वितरण गर्नुभभएको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय तर्फ तातोपानी ४ की गंगादेवी उपाध्याय (कालिज पालन) चन्दननाथ नगरपालिका २ का कमला बुढ्थापा (बाख्रा पालन),चन्दननाथ ३ कै अम्मरसिंह भ्रकि घाँसखेति, चन्दनाथ ३ का जंग बहादुर खत्रि (भेडापालन), चन्दननाथ ६ का डिल्ली बहादुर रावल, गुठिचौर ५ का गोपाल महत (भैसीपालन) तर्फ र कनकासुन्दरी १ का कर्णसिंह सिंह कठायतलाई जनही नगद रु १० हजार र प्रमाणपत्र सहित पुरुस्कृत भएका छन् ।

साथै कृषि क्षेत्र तर्फबाट तिला गाउँपालिका ८ का बुद्धि बस्नेत,पातारासी ४ की सुसिला बोहोरा, तातोपानी १ का परान धराला, चन्दननाथ ५ का निरोजराज गिरी, गुठिचौर ५ बबिता भण्डारी, सिंजा ४ का गगन बहादुर शाही र कनकासुन्दरी ४ का नरबहादुर घर्ती गरी ७ जना कृषक पुरुस्कृत भएका हुन् । उहाँहरुले पनि जनही १० हजार नगद सहित प्रमाण पाएका छन् ।

किसानहरु पुरस्कृत भएपछि खुशी व्यक्त गरेका छन् । तातोपानी ४ कि कालिन पालन व्यवसायी गंगादेवी उपाध्यायले पुरस्कृत बढाएपछि जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको बताउनुभयो । तातोपानी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी उपाध्यायले अनुदानमुखी भन्दा पनि किसान उत्पादनमुखी र आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो । किसान निरोजराज गिरीले बजार क्षेत्रमा पनि किसान काम गर्दा धेरैबाट अपहेलना खेप्नुपरेको भन्दै पुरस्कृत भएकोमा खुशी व्यक्त गर्र्नुभयो ।

उत्कृष्ट किसानलाई सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन बृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
सरकारको लगानी अनुसार कृषि र पशुपालन क्षेत्रबाट अपेक्षित उपलब्धी नभएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले आत्म निर्भर हुने बिषयमा उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । किसानलाई मुख्यको अभाव नरहेको भन्दै उत्पादन बृद्धिमा जोड दिनपर्नेमा उल्लेख गर्नुभयो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले मापदण्ड अनुसार किसानलाई पुरस्कृत गरिएको र अझै उहाँहरुलाई प्रोत्साहन हुनेमा जोड दिनुभयो । पशुसेवा तथा पशुअस्पतालका प्रमुख गोविन्द बहादुर महतले कामको हिसावले किसानहरु पुरस्कृत गरेका छन् । अझै किसानलाई आत्मनिर्भर बनाउने बिषयमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्