OnlinePana

आज : २०८२ जेठ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १७, २०७९
५६७ पटक

१६ असार २०७९, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी ६८ वर्षीय समाजसेवी कमला मल्लले हरेक नागरिकहरुलाई सामाजिक सत्कर्ममा लाग्न सन्देश दिनुभएकाे छ । दुई दिने चोलामा उहाँले कसैलाई दुःख नदिन बरु सकेसम्म पराेपकारी कार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतको शैक्षिक भवन निर्माणका लागि रु.७८ लाख २८ हजार ८८२ र ‘भीमकमला मल्ल छात्रवृति अक्षयकोष’ स्थापनाका रु.२५ लाख एक हजार सहयोग गरेको बताउनुभयो । छोराविहिन कमलासँग एउटै छोरी मात्रै रहेको र भारतीय सेनाको रुपमा काम गर्नु भई विसं.२०७६ असोज १४ गते दिवंगत हुनुभएका भीम मल्लको सम्झनामा दान गरेको उहाँको भनाई छ ।

आफ्नाे पति र ज्वाई दुवै भारतीय सेना रहेकाे र दुवैकाे मृत्यु भइसकेकाेले आफुसहित छाेरीले एकल जीवन जिउँदै आएकाे उहाँले जनाउनुभयाे ।

मल्लले आफ्नो भाई धर्मराज शाहीको पहलबाट दान दिने अवसर प्राप्त गरेको बताउनुभयो । मल्लका भाई धर्मराज शाहीले छात्रवृति रकम र शैक्षिक भवनको सहि सदुपयोग गर्न क्याम्पस प्रशासनलाई सुझाउनुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयनका लागि गरिएको शैक्षिक दानले सबैमा मानवीयता जागोस् र उत्प्रेरणा मिलोस् भन्ने धारणा व्यक्त गर्नुभयो ।

समाजसेवी मल्लले भन्नुभयो “म क पढेको छैन तर कलेजमा पढ्नेहरुले उत्कृष्ट शिक्षा हाँसिल गरुन् भन्ने भावना जागेर रु.एक करोड तीन लाख २८ हजार ८८२ दान दिएकी हुँ । क अक्षर नपढेपनि पूजा गर्ने ठाउँ भन्दा पढ्ने ठाउँ धेरै महत्वपूर्ण हुन्छ भन्ने बुझेकी छु मैले ।” क्याम्पस प्रमुख माधवप्रसाद खनालले मल्लको विशाल हृदयबाट सृजित दानी भावनाले मानव समाजलाई गतिलो सन्देश प्रदान गरेको टिप्पणी गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्