OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १३, २०७९सुर्खेत
६६३ पटक

१३ असार २०७९, सोमबार

कर्णाली प्रदेशको राजधानी शहर सुर्खेतमा लागु औषध दुर्व्यसनीका घटनामा कमी आउन सकेको छैन । बिगत ३ वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा लागु औषधका घटनाहरु बढ्दो अवस्थामा भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले आर्थिक वर्ष २०७६÷०७७ मा लागु औषध दुर्व्यसनीका ५२ घटना दर्ता हुँदा ९० जना पक्राउ परेको र त्यसमा छ जना महिना रहेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आव.२०७७÷०७८ मा लागु औषधका ४९ घटना दर्ता हुँदा ७९ जना पक्राउ परे जसमा आठ महिला संलग्न भएको पाइयो ।

त्यसैगरी, चालु आव.२०७८÷०७९ को जेठ महिनासम्म लागु औषध दुर्व्यसनीका ६४ घटना दर्ता भएका छन् । यसमा हालसम्म आठ महिलासहित हालसम्म ११३ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । “तीन वर्षमा सुर्खेतमा १६५ लागु औषध दुर्व्यसनीका घटना घट्दा २८२ जना पक्राउ परेका छन्,” रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “ती मध्य १६ वर्षदेखि २५ वर्ष मुनिका मात्र छन् ।” दुर्व्यसनीमा सात प्रतिशत महिलाहरु पनि संलग्न भएको उहाँको भनाई थियो ।

उहाँका अनुसार लागु औषध प्रयोगकर्ता तथा कारोवारीहरु चरेश, गाँजा, ब्राउनसुगर, कोकिन, नाइट्राभेट, कोरेक्सलगायतका लागु औषधसहित पक्राउ परेको पाइएको छ र ती घटनाहरु दिनप्रति दिन बढी रहेका छन् । प्रहरीसहित सबै सरोकारवालाहरुको साझा प्रयास र प्रतिवद्धताको प्रभावकारी कार्यान्वयनबाट मात्र लागु औषध दुर्व्यसनीका घटनाहरु न्यूनीकरण हुनसक्ने उहाँको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले चालु आर्थिक वर्षसहित गएका दुई वर्षको लागु औषध तथ्याङ्कमा बढेको देखिएपनि आर्थिक वर्ष २०७५÷०७६ को तथ्याङ्कलाई हेर्दा लागु औषध दुर्व्यसनी घटनाहरुमा कमी आएको बताउनुभयो । ती घट्ना बढ्दै जानुमा भारतीय खुला सीमा प्रमुख कारण भएको उहाँ जनाउनुभयो ।

“लागु औषधले व्यक्ति, परिवार, समाज हुँदै सिंगो देशलाई नोक्सानी पु¥याएको छ,” प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “यसको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणमा प्रहरीको एकल प्रयासले केही हुन सक्दैन । सरोकारवालाहरुको साथ सहयोग अपरिहार्य छ ।” विद्यालय, विश्वविद्यालय तथा अन्य सार्वजनिक ठाउँहरुमा लागु औषध विरुद्धका सचेतनाका कार्यक्रममा राजनीति दलहरु सहभागी हुने तर कोही व्यक्ति पक्राउ पर्दा छाड्दिन प¥यो भन्ने जस्तो राजनीतिक दलहरुको दोहोरो भूमिकाले यसको रोकथाम तथा नियन्त्रणमा प्रभाव परेको उहाँको भनाई थियो ।

प्रहरी उपरीक्षक विष्टले विशेषगरी बाँके र बर्दियाले लागु औषधका कारोवारी तथा आयातकर्ताहरुलाई पूर्णरुपले प्रतिवबन्ध लगाउन सके सुर्खेतलगायत कर्णाली प्रदेशमा यसको कमी आउने दावी गर्नुभयो । समुदाय प्रहरी साझेदार कार्यक्रमअन्तरगत सचेतनामूलक निर्वाध अघि बढेको जनाउँदै उहाँले वडादेखिको स्थानीय तह, प्रदेश सरकार, गैर सरकारी निकाय, नागरिक समाज, पत्रकारहरुको सक्रिय भूमिकाबाट मात्र यसको नियन्त्रण तथा न्यूनीकरण संभव रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्