OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ११, २०७९
५११ पटक

११ असार २०७९, शनिबार

कर्णाली प्रदेशको मुकाममा अवस्थित वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु.एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख निलकण्ठ खनालले ११औं नगरसभामा उक्त बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा पूँजीगततर्फ रु.५३ करोड ५५ लाख ३६ हजार र चालुतर्फ रु.एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार विनियोजन गरिएको छ ।

वित्तिय व्यवस्थापनतर्फ रु.तीन करोड २० लाख बजेट छुट्याइएको छ । चालु बजेटभन्दा आगामी आर्थिक वर्षको बजेट साढे ३७ लाखले बढी हो । उक्त नगरपालिकाले पूर्वाधारका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । यसले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वस्च्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’भन्ने नारा अघि सारेको छ ।

बजेटमा विद्युतविहीन् वडाहरुमा विद्युतीकरण गर्नका लागि रु.एक करोड बजेट विनियोजन गरिएको छ भने मुख्य बजारमा आकाशे पुल निर्माण गर्नेसम्मका योजनाहरु समेटिएका छन् । बढी सवारी चापहरू भएका मंगलगढी र एरिचोकलगायतका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्नका लागि रु.१० लाख बजेटको छुट्याइएको छ । महिला स्वरोजगार कार्यक्रमका लागि नगरपालिकाले रु.७० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्