OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०७९सुर्खेत
१०६८ पटक

१ असार २०७९, बुधबार

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न मन्त्री विष्टले कूल बजेटमा प्रदेशले खर्च गर्ने चालूतर्फ रु.नौ अर्ब १६ करोड ९९ लाख १० हजार (२८.११%) र पूँजीगततर्फ रु.१९ अर्ब ४३ करोड ५ लाख २४ हजार (५९.५८%) बजेट विनियोजन गरिएको बताउनुभयो । त्यस्तै, स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु.चार अर्ब एक करोड ५७ लाख २९ हजार अर्थात (१२.३१%) विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजश्वबाट रु.७१ करोड २९ लाख ७४ हजार र चालू आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित रकम रु.चार अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने रकम रु.नौ अर्ब २ करोड २० लाख र वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु.१० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट रु.पाँच अर्ब ६९ करोड ६७ लाख परिचालन गर्ने मन्त्री विष्टले बताउनुभयो ।

उहाँका अनुसार संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु.एक अर्ब २१ करोड ५० लाख र विशेष अनुदानतर्फ रु.६६ करोड ८० लाख परिचालन गरिनेछ । प्रदेश सरकारको बजेटको पूर्ण पाठ तल हेर्नुहोस् ।

 

प्रतिकृया दिनुहोस्