OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ३१, २०७९जुम्ला,
६६३ पटक

जेठ ३१ गते । जुम्लामा समुहको अगुवाईमा सञ्चालित भेडाबाख्रा केन्द्र स्थापना भएको छ ।
हिमा गाउँपालिका २ ओदीमा कर्णाली प्रदेश सरकारको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडास्रोत केन्द्र स्थापना गरिएएको हो ।
जिल्लाको हिमा गाउँपालिका २ स्थित ओदी पाटनमा नमुना भेडा स्रोत केन्द्र शुरुवात गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्ला प्रमुख गोविन्द बहादुर महतका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने कर्णाली सरकारको उद्देश्य अनुसार जुम्लामा भेडापालनलाई स्तरबृद्धि उत्तम रहेकाले यसको स्थापना गरिएको छ । भेडाका लागि चरन क्षेत्र देखी सवै प्रकारले ठिक भएको स्थान लामा बिष्णु भेडा पालक समूह ओदीले नमूना भेडा स्रोत केन्द्र स्थापना गरिएको छ ।

३ बर्ष अघि पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लालेस्रोत केन्द्र स्थापना गर्ने उद्देश्य अनुसार सूचना गरि हिमा २, ओदी स्थित लामा बिष्णु भेडापालक समूह कार्यक्रम छनौट गरी अगाडि बढेको छ ।
लामा बिष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा दुईसय भेडा रहेका छन् । उहाँका अनुसार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुईवटा भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र सात सय मिटर घेरवार कार्य सम्पन्न भईसकेको छ ।

समुन्द्र सतह देखी ४ हजार मिटर उचाईमा रहेको उक्त पाटनमा जिल्लाको भोडबाख्रा स्रोत केन्द्र स्थापना गर्न गरिएको प्रदेश सरकारको उत्कृष्ट परियोजना मध्य एक पर्दछ ।पशुअस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु आठ करोड र अन्य चालु खर्च गरी करिब ११ करोड मध्य तिन आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले दुई करोड ८० लाख रुपैया निकासा भएको छ । आर्थिक बर्ष २०७६।०७७ मा रु एक करोड, ०७७।०७८ मा ९० लाख र ०७८।०७९ मा रु ९० लाख प्रदेश सरकारबाट बजेट आएको हो ।
समूहलाई प्राप्त भएको बजेट मध्यको खर्च भए अनुसार समूहले गुणस्तर रुपमा काम गरेको कार्यालयको दावी छ । कार्यालयका अनुसार पहिलो बर्षमा भने रु ५५ लाख कोरोनाका कारण समूहले काम गर्न नसकेर फ्रिज भएको छ ।
ईन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा ३ वटा ठूला आधुनिक भेडा बस्ने भवन,एक प्रशासनिक भवन निर्माण सम्पन्न भईसकेका छन् । ७ सय मीटर वरिवरि जाली सहितको घेरवार सम्पन्न भईसकेको छ । उहाँका अनुसार समुहले पहिलो बर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर दुई सय पुगेका छन् । केही भेडा बिक्री समेत गरिएको छ ।

उहाँका अनुसार अन्य २ वटा करिब पाँचसय भेडा बस्ने क्षमताका भवन, वथशाला निर्माण, खानेपानी, औषधी उपचार, समूहलाई क्षमता अभिबृद्धि तालिम जस्ता कार्यक्रमहरु रहेका छन् । कम प्रतिशत बजेट आएपनि भएका कामहरु गुणस्तर भएको र बजेट सवै विनियोजन हुनेहो भने संरचना र अन्य कामहरु चाडै तथा गुणस्तरीय हुने छन् ।
समुहका सल्लाहकार प्रेम रोकायाले ३० जनाको समूहले स्रोत केन्द्रकामा काम गरिरहेको र डिपिआर अनुसारको बजेट आउने हो भने कर्णाली सरकारले लक्ष्य लिए अनुसारको भेडास्रोत केन्द्र स्थापना गर्न दुईमत नभएको जानकारी दिनुभयो । उहाँका अनुसार ३ आर्थिक बर्षमा खासै आउनुपर्ने बजेट कम आएको छ ।

उहाँका अनुसार हिमा गाउँपालिकाले कार्यक्रम उत्कृष्ट भएको भन्दै रु १० लाख रुपैया विनियोजन गरेको छ । सो रकमको समेत भेडा खरिद गर्ने योजना रहेको छ । अवको केही बर्षमा करिब पाँच सय भेडा स्रोत केन्द्रमा हुनेछन् । बार्षिक ५ देखी १० लाख आम्दानी हुने र जिल्ला र वाहिर समेत निर्यात हुने, दर्जन व्यक्तिको रोजगारी सृजना हुनेमा जोड दिनुभयो ।
जिल्लाकै उत्कृष्ट परियोजना भएकाले त्यहाँ लगानी गर्न प्रतिफल हुने सरोकारवालाको भनाई छ । भेडा स्रोत केन्द्रमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्ला, हिमा गाउँपालिका २ वडाकार्यालय, पशुअस्पताल तथा पशुसेवा कार्यालय र सरोकारवाला निकायले पछिल्लो समय अनुगमन गरेका छन् । उत्कृष्ट काममा लगानी गर्न सवै लाग्नुपर्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख धनप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्