बैशाख ६, २०७७

५२८ पटक

काठमाडौं, बैशाख ६ गते ।
कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ । काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बस्तोलाले बताउनुभयो ।
उहाँलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उहाँ कतार एयरकाे विभानमा फ्रान्सबाट दाेहा हुँदै काठमाडाैं अाउनु भएकाे थियाे । उहाँसगै यात्रा गर्ने भियतनामी साथिलार्इ संक्रमण भए पछि उहाँकाे स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइए पछि अस्पताल भर्ना गरिएकाे थियाे ।