OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ६, २०७७
३८८ पटक

सुर्खेत, ५ बैशाख (रासस) ः

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बबईमा अलपत्र ८० जना नागरिकहरुको व्यवस्थापन गरेर सुर्खेत फर्कनुभएको छ । लकडाउनका कारण अलपत्र परेका नागरिकहरुको अवस्था बुझ्न आज कर्णालीको प्रवेशद्वार मानिने भेरीगंगा नगरपालिका सुर्खेतको बबई पुग्नुभएका कानूनमन्त्री भण्डारीले उक्त नगरपालिकाको प्रमुख तथा वडाध्यक्षसँग समन्वय गरेर उनीहरुलाई त्यहाँ व्यवस्थापन गरेर फर्कनुभएको हो ।

“अलपत्र विभिन्न ठाउँमा आएर अलपत्र परेका नागरिकहरुलाई त्यहाँको क्वारेन्टाईनमा राखेका छौं,” उहाँले भन्नुभयो, “खानपिनको समस्या भए कर्णाली प्रदेशले उनीहरुलाई सहयोग गर्नेछ ।” बबईमा निर्मित क्वारेन्टाईनमा सुर्खेत, दैलेख, कालीकोट, जुम्लालगायतका नागरिकहरुलाई त्रिपाल, म्याटे«स मन्त्रालय र खाद्य सामग्री उद्योग बाणिज्य सुर्खेतले सहयोग गरेको उहाँले बताउनुभयो । त्यस्तै, भण्डारीले ३८ जना राखिएको छिन्चु क्वारेन्टाईनको पनि अवलोकन गरिएको बताउनुभयो । यहाँको समग्र लकडाउनको अनुगमन गर्नुभएका उहाँले अलपत्र परेका नागरिकहरुलाई क्वारेन्टाइनमा सम्पर्क राख्न आग्रह गर्दै उनीहरुको खानपिनको व्यवस्था सरकारले गर्ने जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्