OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १७, २०७९काठमाडौं
३७१ पटक

१७ बैशाख २०७९, शनिबार

बिगतमा टाउको तथा हड्डीका सामान्य बिरामी हुँदा प्रदेश छोडेर बाहिरिनुपर्ने अवस्थाबाट मुक्त भएका छन् कर्णालीवासीहरु । टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामीहरु यस अघि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने बाध्यता थियो ।

यतिबेला त्यो बाध्यता भने हटेको छ । एक वर्ष यता यी दुवै रोगको उपचार कर्णालीमा हुन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकहरुको स्वास्थ्य, समय र पैसाको बचत भएको छ । बीर अस्पताल ट्रमा सेन्टरमा कार्यरत डा.निलमकुमार खड्का प्रमुख कन्सल्ट्यान्टका रुपमा कर्णाली आएपछि विसं.२०७८ बैशाख १५ गतेदेखि न्यूरो सर्जरी शुरु भयो ।

न्यूरो सर्जरी सेवाको एक वर्ष पुगेपछि बिहीबार प्रदेश अस्पतालले पहिलो वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा डा.निर्मल रसाईलीले कर्णालीमा महिला तथा पुरुषहरु गरी ५४४ जनाले बहिरंग सेवा लिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । जसमा महिला २९२ र पुरुष २५२ जना रहेको डा.निर्मल रसाईले जानकारी दिनुभयो । वार्ड केसमा महिला १६१ र पुरुष ७४ गरी २३५ जनाले सेवा लिएको डा.रसाईलीले बताउनुभयो । उहाँका अनुसार यसमा सबैभन्दा बढी (३६.५%) २१ देखि ४० वर्ष उमेर समुह लाभान्वित भएका छन् ।

डा.रसाईलीले हल्का खालको हेड इन्जुरी ६९, मध्यम आठ, स्कुल बेस फ्र्याक्चर आठ, लेफ्ट एक्युट सब्डुरल हेमेरेज पाँच र क्रोनिकल सब्डुरल हेमेरेज छ, फिजिकल एसाल्ट, सात र सब अर्याक्न्वाइड हेमेरज पाँच जनाको न्यूरो सर्जरी वार्डमा डाइगोनोसि गरिएको जनानुभयो ।
बरिष्ठ नर्सिङ अधिकृत प्रभा रावलले उमेर समुहका आधारमा एक वर्ष मुनिका छ जना, १५ वर्ष मुनिका १५, ३० वर्षसम्मका १२, ४५ वर्षसम्मका १६, ६० वर्षसम्मका १७, ७५ वर्षसम्मका १० र त्यस भन्दा माथि तीन जनाले टाउको तथा हड्डीको उपचार लिएको बताउनुभयो ।

अधिकृत रावलका अनुसार २१ जनाको हेड इन्जुरी, १३ जनाको सिभिए, चार जनाको फल इन्जुरी र अन्य ११ इन्जुरीको डाइगोनोसिस गरिएको छ । ठूला खालका समस्यामा पनि कर्णालीमा समाधान हुन थालेपछि अहिले कर्णाली प्रदेश अस्पताल बिरामीहरुका विश्वास र आकर्षणको केन्द्र बन्दै गएको उहाँको भनाई थियो ।

न्यूरो सर्जन डा.निलम खड्काले सबै क्षेत्रको सहयोगबाट न्यूरो सर्जरी विभागले यो सफलता हात पारेको बताउनुभयो । उहाँले ध्यान, ज्ञान र विज्ञानको संयोजनबाट मानिसलाई स्वस्थ जीवन जीउन सहयोग पुग्ने जनाउनुभयो । अब कोल्ड न्यूरो सर्जरी, ट्यूमर्स र एन्युरिजमको क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले मेडिकल अधिृकत, रेसिडेन्ट र कन्सल्ट्यान्टको जनशक्ति बढाउन मन्त्रालयसहित अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो ।

“हेड र स्पाइनल इन्जुरीको उपचार सेवा शुरु भएपछि कर्णाली प्रदेश अस्पतालबाट यससँग सम्बन्धित जटिल रोगका बिरामीले चैत्र १ गतेबाट रु.एक लाख प्राप्त गर्ने भएका छन्,” उहाँले भन्नुभयो, “यो उपलब्धि अस्पताल परिवारको सहयोगबाट भएको हो ।” डा.खड्काले दैलेखमा हेड र स्पाइनल इन्जुरीको सचेतना जगाउने तथा जुम्लामा मोबाइल क्याम्प गरिएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायका सचिव कृष्णप्रसाद काप्रीले न्यूरो सर्जन डा.खड्काले अध्यात्म, योग ध्यानसँग जोडिएको उपचार सेवा थालनी गरेर कर्णालीको स्वास्थ्यमा ठूलो योगदान दिएको भन्दै उच्च प्रशंसा गर्नुभयो । उहाँले एक वर्षमा प्रदेश अस्पतालको उपचार सेवामा गुणस्तर वृद्धि हुँदै गएको जनाउनुभयो ।

“कर्णाली प्रदेश सरकारको एकमात्र अस्पताल प्रदेश अस्पताललाई उपकरण र जनशक्ति सम्पन्न बनाउनु प्रदेश सरकारको जिम्मेवारी हो,” सचिव काप्रीले भन्नुभयो, “प्रदेश सरकारले अब यहाँ एम.आर.ई सेवा थप्न प्रयास गरिरहेका छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा.डम्बर खड्काले डा.निलम खड्काको योगदान कर्णालीका लागि कोसेढुंगा सावित भएको टिप्पणी गर्नुभयो । उहाँले न्यूरो सर्जन डा.खड्कालाई जागीर अवधिर कर्णालीमै बसेर नागरिक स्वास्थ्य सेवामा सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।

कर्णालीमा थप दक्ष जनशक्ति ल्याउन पहल गर्ने जनाउँदै निर्देशक प्राडा.खड्काले भन्नुभयो, “हामीले मिर्गौला प्रत्यारोपण सेवाका लागि सम्झौता गरिसकेका छौं । अब नेफ्रोलोजी सेवाको लागि पहल थाल्छौ र कर्णालीवासीलाई उच्च कोटीको उपचार सेवा प्रदान गर्छौ ।”

प्रतिकृया दिनुहोस्