OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ५, २०७८जुम्ला,
२५२ पटक

चैत ३ गते । कर्णाली प्रदेशको गौरवको आयोजना धौलिगाड लामो समय पछि शिलान्यास भएको छ ।
जुम्ला सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका सहित तीन वटा स्थानीयतका करिब एक हजार दुई सय घरधुरी लाभान्वित हुने आयोजनाको नेपाल सरकारका संघीय खानेपानी तथा सिचाइ मन्त्री उमाकान्त चौधरीले गर्नुभएको छ ।

उहाँले जुम्लामा धौलिगाड आयोजनाको सिलान्यास गर्नुका साथै आयोजनाले अढाई बर्षमै लक्षित घरमा पानी खुवाउने प्रतिवद्धता जनाउनुभयो । खानेपानी मन्त्री चौधरीले आयोजनाको स्मार्ट योजना बनिसकेको भन्दै निर्धारित समयमा घरघरमा खानेपानी पुरयाउन मन्त्रालयका सचिव र खानेपानी विभागका महानिर्देशकलाई निर्देशन समेत दिनुभयो ।

आयोजनाको उद्धाटन गर्न जुम्ला पुगेका मन्त्री चौधरीले हिमाली क्षेत्रको यो आयोजनाले संविधानले प्रत्याभूति गरेको खानेपानी अधिकार प्रत्याभूति गर्नेमा विश्वास गर्नुभयो । उहाँले खस सभ्यताको जननी, अर्गानिक जिल्ला, विश्वको उच्च स्थानमा धान फल्ने ठाउँको भविश्य धेरै भएकोमा गर्भ लागेको बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्ययक अगाडि बढाउदाको स्मरण गर्दै तत्कालिन समयमा जुम्लाका संविधानसभा सदस्य नरेश भण्डारी सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कर्णालीका पूर्वमन्त्री तथा प्रदेश सांसद नरेश भण्डारीले धौलिगाड खानेपानी कर्णाली स्वास्थ्य विज्ञान पछिको अर्को विकासको आयम भएको बताउनुभयो । पूर्वमन्त्री भण्डारीले १२ हजार धारा चन्दननाथ, तातोपानी र तातोपानीमा अढाई बर्षपछि झर्ने योजनाले पहिलो चरणको काम अगाडि बढि सकेको र दोस्रो चरणको काम अघि बढ्ने भएकाले जुम्ली जनताको खुशीको दिन भएकोमा जोड दिनुभयो । उहाँले धौलिगाड संसारकै सवैभन्दा उचाईबाट आउने कञ्चन पानी भएकाले संसारको बजारमा समेत जाने तथा गिनिज वुकमा नाम लेख्न अगाडि बढेको भन्दै विशेष सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।

पूर्व मन्त्री दिनवन्धु श्रेष्ठले धौलिगाड आयोजना जुम्लाको विकासको अर्को फड्को मारेको भन्दै यसमा सघाउने नेपाल सरकार सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । खानेपानी तथा सिचाई मन्त्रालयका सचिव सूर्य आचार्यले अढाई बर्षमा लक्ष्य अनुसार पानी ल्याउन काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपालको हिमाली क्षेत्रको गौरवको आयोजना मध्य एक भएको भन्दै यसको विविधता, मौलिकता र सम्भावनाको भरपुर प्रयोग मन्त्रालयले गर्नेमा जोड दिनुभयो ।

नौ हजार एकसय आड घरधुरी लाभान्वित हुने :
आयोजनाबाट चन्दननाथ नगरपालिकाको १–१० वडा, गुठीचौर गाउँपालिकाको ३–५ वडा र तातोपानी गाउँपालिकाको १–६ वडा गरी नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुनेछन् । योजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख ४९० रुपैयाँ रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपाने जानकारी दिनुभयो ।

आयोजना प्रमुख न्यौपानेका अनुसार जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन इस्टिमेटमा उल्लेख गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ । संस्थागत तीन लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुनेछ

उहाँका अनुसार आरसिसी गरिएको पानी भण्डारण ट्यांकी तीन सय घनमिटरको एउटा, १५० घनमिटरको एउटा, १२५ घनमिटरको दुईवटा, एक सय घनमिटरको दुईवटा, ७५ घनमिटरको तीनवटा र ५० घनमिटरको चारवटा बन्ने डिजाइन इस्टिमेटमा उल्लेख छ । त्यस्तै, पानी वितरण गर्ने ट्यांकी नौवटा, क्लोरिनेसन प्रणाली १३ वटा र प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन्। भल्व राख्ने संरचना ९पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने० ६२ वटा बन्नेछन्। हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ ।

आयोजनाको स्थानीय अपनत्व एक प्रतिशत स्थानीय सरकार चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाले लगानी समेत गरेको छ ।
यसैगरी मन्त्री चौधरीले धौलीगाडको माटोले बनाईएको नक्सा समेत उघाटन गर्नुभएको छ । हिमालमा रहेको धौलीगाडको मुहान अंकित नक्सा समेत उद्धाटन गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्