OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ३, २०७८सुर्खेत
८७५ पटक

३ फागुन २०७८, मंगलबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेतको बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ ।

प्याराग्लाईडिङ उडान भर्ने क्षेत्रमै पुग्नुभएका उहाँले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठिकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभयो । “गोठिकाँडामा पर्ने बयलकाँडा सुर्खेत उपत्यकाको शिर जस्तै छ,” प्रदेश प्रमुख परियारले भन्नुभयो, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अँझ बढी मनमोहक बन्दो रहेछ ।”

वर्षामा शीतला प्राप्त हुनुको साथै प्राकृतिक भू–बनोट र ऐतिहासिक महत्व बोेकेको वीरेन्द्रनगर नगरपालिकाको १४ वडास्थित बयलकाँडाको पर्यटन प्रवद्र्धन गर्नका लागि प्रदेश र संघ सरकारसँग आवश्यक पहल गर्ने उहाँको भनाई थियो । उक्त क्षेत्रमा वेलकम प्याराग्लाईडिङ कम्पनीले दुई सातादेखि उक्त साहसिक खेल शुरु गरिहेको छ ।

उक्त वडाका अध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो सयमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दै गएपनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको समस्या दर्शाउनुभयो । संघ र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठिकाँडा राजधानीको समीपमा बत्तीमुनिको अँध्यारो जस्तै भएको उहाँको भनाई थियो ।

उक्त वडाका स्थानीय पार्वती थापाले यहाँ आउने जतिले यहाँको विकासका लागि उचित पहल गर्छौं भन्ने वचन दिएपनि अहिलेसम्म कुनै सहयोग नभएको दुखेसो व्यक्त गनुभयो । उहाँले पानी, बत्ती र पक्की बाटोका समस्याका बारेमा पहल गरिदिन प्रदेश प्रमुख परियारसँग अनुरोध गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्