OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २३, २०७८सुर्खेत
५०१ पटक

२३ माघ २०७८, आइतबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

सरकारमा नियुक्त मन्त्रीहरुमा सत्ता गठबन्धन दलहरुमा सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र)बाट जलस्रोत तथा ऊर्जामन्त्री सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन् । यस्तै, सत्ता गठबन्धनभित्रको दोस्रो ठूलो दल काँग्रेसबाट सामाजिक विकासमन्त्री बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी हुनुहुन्छ ।

यस्तै, एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । गत कात्तिक १६ गते मुख्यमन्त्री बन्नुभएका शाहीले यसअघि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको थियो । आज पाँच मन्त्री नियुक्त गरेसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएर कर्णाली सरकारले पूर्णता पाएको छ ।

प्रदेश सरकारमा महिला नेतृत्व शून्य

प्रदेश सरकारले पूर्णता पाएपनि मन्त्रिपरिषद् सदस्यमा महिला तथा दलित प्रतिनिधित्व हुन सकेन । नेपालको संविधान, २०७२ को धारा १६९ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा सभाका सदस्य मध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाको कूल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गरिने व्यवस्था गरिएको छ ।

तर मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गठन गरेको वर्तमान सरकारको मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व शून्य रहेको छ । महिला सहभागिताको सरकार गठन हुँदा पन ियस विषयमा महिला नेतृत्व पनि मौन रहेको छ ।

प्रतिकृया दिनुहोस्