OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र २०, २०७६जुम्ला,
३८६ पटक

खलङ्गा ÷चैत २० गते । शहरमा लकडाउनले सास्ति बनाएको छ । तर गाउँमा किसानहरु आफ्नो खेतवारीमा रमाएका छन् । विहीवार जुम्लाको चर्चित कालिमार्सी र रातिमार्सी धानको किसानले यतिवेला बेर्ना राख्नमा व्यस्त भएका छन् । जुम्लामा परम्परागत संस्कार अनुसार किसानले चैत्र २० गते धानको बेर्ना राख्ने चलन अनुसार जुम्ली किसानले खेतमा धानको वेर्ना राखेका हुन ।
किसानहरुले पुरानो संस्कार अनुसार चैत्र १२ गते विउ पानीमा वोराहरुमा राखेर रुजाउने । १६ गते वाहिर निकाल्ने र २० गते वेर्नामा छर्ने चलन अनुसार जुम्ली किसानहरुले चैत २० गतेका दिन सधै जसो मार्सी धानको बिउ छर्ने चलन अनुसार बिउ छरेका छन् ।
विहानै देखी लकडाउनको विचमा पनि किसानहरु आ–आफ्नो वेर्नामा गएर विउ छर्नमा व्यस्त थिए । चैत्र २० गतेको दिनलाई खस संस्कारमा बिसुवा वा विच्छेति पनि भनिन्छ । जुन धान रोप्ने दिन यहाँको संस्कारमा धान उत्पादनको आरम्भ दिनको रुपमा लिईन्छ । यहाँको चलन अनुसार महिलाले मागल पुकारे सगै सबैले चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आ आफ्नो मान्ने कुल देबतालाई सम्झेर चैत्र १२ गतेबाट धान उत्पादन गरि वेर्ना राख्ने जानकारहरु बताउछन् । चन्दननाथ नगरपालिका २ खोलिकोटका ४६ बर्षिय किसान धनबहादुर बुढ्थापाले परम्परादेखी २० गते बेर्नामा उमारेको विउ छर्ने चलन अनुसार बिउ छर्दै आएको जानकारी दिनुभयो । उहाँले जस्तो सुकै अनिकाल आएपनि खेति गर्न छोड्ने कुरा भएन् । अझै मार्सी धानले महत्व धेरै राख्ने, घरको सवैभन्दा महतवपूर्ण खानाको रुपमा रहेको थप्नुभयो ।
बिषेश गरी जुम्लामा मार्सि घान खेतिको लागि चन्दननाथ बाबाले दिएको उपदेसको आधारमा कर्णलीमा घान खेतिको सुरुवात गरेको पाइन्छ । श्री साक्के ९६३ अथात बि.स १०९८ सालमा जुम्लामा घान खेति सुरुवात गरेको ईतिहास छ भने पुरै बिसाल खस सिंजा राज्य भरी बि.स १११२ सालमा धानको खेति लागाएको ईतिहास रहेकोछ । चन्दननाथ बाबाको उपदेश अनुसार चैत्र १२ गते विभिन्न तरिकाले विउ राखेर २० गते बेर्नामा लगरे साथै आफन्त र छोरी कुटुम्बलाई बोलाई मिठो भोजन गर्नु भनि चन्दननाथ बाबाको भने अनुसार नै गर्ने गरिएको छ । चैत्र १६ गते भिजाएको धानको चिउरा कुटने र खाने चलन रहेको छ ।
चैत १२ गते नपुग्ने जिउदो नहुने उखान ः
मार्सीधानको ईतिहास सूचना सँग पनि जोडिएको छ । तत्कालिन समय देखी रोजगारीको सिलसिलामा भारत जाने जुम्लावासीहरु चैतको पहिलो साता सम्म जुम्ला पुगि सक्थे । चैत १२ गते धानको विउँ राख्नको लागि पनि सवै पुग्ने गर्दथे । चैत १२ गते नपुग्ने जुम्ली जिउदो नरहेको भन्ने उखान अहिले पनि बुढापाकाहरुबाट सुनिन्छ । त्यसैले पनि मार्सीको बिउ राख्ने देखी छर्ने दिनलाई महत्वको रुपमा लिईन्छ ।
पछिल्लो समय जुम्लामा किटनाशक औषधिको प्रयोग र पानिका मुहान सुक्दै जानाले सिचाईको कमि हुन गई धान जोगाउन कठिन समेत भएको छ । ऐतिहासिक कालिमार्सी धानलाई जोगाउन पनि जुम्लालाई अर्गानिक जिल्लाको रुपमा घोषणा गरिएको भएपनि पूर्वाधार नहुदा समस्या हुदै गएको छ ।
मार्सि घानको खेतिको प्रकृया सगै यसको महत्व पनि उतिकै मानिदै आएको छ । बिभिन्न रोगको औषधि सगै रातो भात स्वादिलो खिरको रुपमा प्रसिद्ध पनि मानिन्छ । ईतिहासको अनुसार पहिला राज परिवारमा पनि जुम्लाकै मार्सिधान पठाउने गरेको पाईन्छ भने अहिले पनि अधिकांस ब्याक्तहरुले यसको प्रयोग गरेको पाईनुको साथैले बिश्वको अग्लो स्थानमा फल्ले घानको रुपमा पनि परीचित छ । जुम्लाको मार्सीधान नेकपाका अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले भात खाएको सामाजिक सञ्जालमा बाहिरिएपछि एकाएक नेपाली बजारमा झनै माग भईरहेको छ । स्थानीय किसान जुनकली सेजुवालले मार्सी चामल निकै पोषिलो र मिठो हुने भएकाले यसको खेति नघट्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्