OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक १८, २०७८जुम्ला,
८६९ पटक

कात्तिक १८ गते, सरकारी जहाँज नेपाल एयरलाईन्सले नियमित उडान गर्न थालेको छ । दशैको समयमा अत्याधिक मात्रामा पर्यटक आउने जुम्लामा करिब एक महिना सम्म आउन नसकेको नेपाल एयरलाईन्सले तिहारको अवसरमा नियमित सेडुअलका साथै उडान बढाएको छ ।
नेपाल एयरलाईन्सले यो हप्ता भित्र दुई वटा उडान भरेको हो । दशै लगत्तै जिल्लामा यात्रुहरुको माग र गुनासोलाई मध्यनजगर गर्दै यो हप्ता भित्र दुई वटा उडान भरेको छ । तिन दिन अघि उडान भरेको नेपाल एयरलाईन्सले आज पनि उडान भरेको जुम्लाका प्रमुख देवीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार २१ र २२ गते पनि नेपाल एयरलाईन्सको जहाँज जुम्ला आउने तालिका रहेको छ ।
सरकारी जहाज नआउने र निजी विमानकै भरमा परेपछि निकै सकस भएको थियो । अहिले दुई उडान भर्न थालेपछि सहज हुने आशा पलाएको उपभोक्ताले जनाएका छन् ।
एक साता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्रशासन, नागरिक उड्यन प्राधिकारण, जहाँजका प्रतिनिधि, राजनैतिकदल र संचारकर्मी सहितको सर्व पक्षीय वैठकले सरकार र सरोकारवाला निकायहरुलाई उडान बढाउने र कार्यालय खोल्ने, ईटिकट सहितको व्यवस्था गर्ने निर्णय गरिएको थियो । नियमित उडान भर्ने सिता एयर पछिल्लो समय नेपालगंजमा बंगुर सँग जुधेर बिग्रेपछि झन सकस भईरहेको समयमा नेपाल एयरलाईन्सको उडान हुदा राम्रो भएको छ । प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले नेपाल एयरलाईन्सले नियमित उडान गरेपनि केही सहज हुने बताउनुभयो ।
जिल्लाको राजनैतिक दल सहितको वैठकको निर्णयलाई, जिल्लका राजनैतिकदल। कर्णाली प्रदेश र राजधानीमा रहेका कर्णालीवासीको पहलले नेपाल एयरलाईन्सले उडान भरेको छ । तर नियमित उडान हुन्छ वा हुदैन त्यो हेर्न वाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्