OnlinePana

आज : २०८० मंसिर १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २४, २०७८जुम्ला,
१७६० पटक

२४ असोज २०७८, 

जुम्ला निवासी पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव  हुनु भएको छ ।

लोकसेवा आयोग बिज्ञापन नम्बर १६६५४।०७७।०७८ काे नेपाल सरकारले लिएको आन्तरिक प्रतियोगितामा तेस्रो नम्बरमा प्रशासन क्षेत्रको सहसचिव पदमा उत्तिण भएको जानकारी दिनुभयो । जुम्लाका पूर्व प्रजिअ थापा उत्तिण भएपछि अव जुम्लाले प्रशासन क्षेत्रमा ३ जना सहसचिव पाएको हो । यस अघि जुम्लाका जयनारायण आचार्य र गोगनबहादुर हमाल सहसचिव पदमा कार्यरत हुनुहुन्छ ।

आचार्य कास्कीको प्रमुख जिल्ला अधिकारी र हमाल सूचना तथा प्रसारण विभागको महानिर्देशकमा कार्यरत हुनु हुन्छ । थापाको सफल नतिजाले एक पटक फेरी सिंहदरवारमा कर्णालीको सानदार उपस्थिति जनाएको छ । सामाजिक संजालमा वधाईको ओईरो आईरहेको छ । सहसचिव थापा यस अघि जुम्ला सहित डोल्पा र सोलुखुम्वुमा समेत प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरि सक्नु भएको छ । लोकसेवाले आजै निकालेको अन्तरवार्ताको नतिजामा १२ जना सफल भएका छन् ।

फाईल तस्बिर नेत्र शाही

प्रतिकृया दिनुहोस्