OnlinePana

आज : २०७९ चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २०, २०७८सुर्खेत
३९९ पटक

२० असोज २०७८, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ । काइनेटिक ढुंगासहित दुई व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका १२ नारायण टोलस्थित सुर्खेतबाट सो परिमाणको काइनेटिक ढुंगा बरामद गरेको हो । सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुंगाको कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहा पुगेर उक्त चीज बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।

“बस्नेत र जुनीचाँदे गाउँपालिका ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय रामकृष्ण घर्तीलाई बस्नेतकै घरमा शंकास्पदरुपमा कुराकानी गरिरहको अवस्थामा फेलापारि नियन्त्रणमा लिएका छौं,” उहाँले भन्नुभयो, “जयधनीकै घरमा खान तलासी गर्दा तीनवटा प्लाष्टिकको कठ्ठामा अवैध तरिकाले लुकाई छिपाई राखेको कालो चीज (काइनेटिक ढुंगा) बरामद गरिएको छ ।”

उहाँका अनुसार काइनेटिक ढुंगा रु.दुई लाख बराबर छ । नियन्त्रणमा लिईएका बस्नेत र घर्तीसहित बरामद चीज आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ विभाग शाखा कार्यालय सुर्खेतमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्