OnlinePana

आज : २०८३ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १९, २०७८
७४६ पटक

१९ असोज २०७८, मंगलबार

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष राजकुमार शर्माले मिडिया समाजको दर्पण भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको आज बसेको बैठकमा बोल्दै अध्यक्ष शर्माले बिगतमा डोके रेडियोबाट जनतालाई सुसूचित गर्ने प्रेस सेन्टर आज डिजिटल मिडिया पुगेको बताउनुभयो । संसारको व्याख्या नभई बदल्ने कुरामा जोड दिन र त्यसमा हरेकले आफुलाई बदल्नुपर्ने मत राख्दै उहाँले समाजका आवश्यकतामा मुखरित भएर सेन्टरलाई आफ्नो भूमिका फराकिलो बनाउन सुझाउनुभयो ।

माओवादी केन्द्रका प्रदेश सचिव रामदीप आचार्यले सूचना, विज्ञान र प्रविधिका कारण पत्र मञ्जुषामा पत्र खसाल्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्रविधिमा आधारित सूचना मानव जातिको लागि बाँच्ने अनिवार्य शर्त जस्तै भएको छ, सचिव आचार्यले भन्नुभयो, अब प्रेस सेन्टरले सूचनालाई क्रान्ति, जनसेवा र समाज परिवर्तनका लागि उपयोग गर्नुपर्दछ ।

उहाँले जनताका लागि श्रमिकको भूमिकामा रहेर काम गर्ने पत्रकारहरुलाई पार्टी तथा सरकारले संरक्षकत्व प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा सेन्टरका कर्णाली प्रदेश ईञ्चार्ज ध्रुवविक्रम बुढाथोकीले सांगठनिक अवस्था र संयोजक प्रतिक ईच्छुक शर्माले केन्द्रीय कमिटिको निर्णय तथा सर्कुलरबारे प्रदेश तथा जिल्ला सदस्यहरुलाई जानकारी दिनुभयो ।

उक्त बैठकमा प्रेस सेन्टरका प्रदेशका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार सदस्य, जिल्ला संयोजक, सहसंयोजकसहित सदस्यहरुको सहभागिता रहेको थियो । बैठकले जिल्ला समन्वय समितिको अधिवेशन कार्तिक ८ देखि १२ गते र प्रदेश अधिवेशन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्