OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १७, २०७८काठमाडौं
१३९७ पटक

१७ असोज २०७८, आईतबार

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अध्यक्ष अन्य पदाधिकारीहरुको सहमति हुँदैछ ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दावी गरेका थिए । विद्यार्थीहरुबाट अध्यक्ष चुन्ने अवस्था नभएपछि माओवादी स्थायी कमिटिको बैठकले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

स्रोका अनुसार सोही क्रममा अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष तोक्दिएका थिए । यससँगै अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इतिहासमा महिला अध्यक्ष बनेर पञ्चा सिंह ऐतिहासिक रेकर्ड राखेकी छन् ।

जारी २२औं राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । सिंह यस अघि तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष थिईन् । सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् ।

को हुन् पञ्चासिंह ?

अखिल क्रान्तिकारी विद्यार्थी संगठनको ईतिहासमा सम्भावित अध्यक्षको रुपमा रहेकी पञ्चा सिंहको साविक कर्णाली कालिकोट जिल्लाको महावु गाउँपालिका ४ सिमखेत स्थायी ठेगाना हो । आमा कमला र बाबा स्यानु सिंहकी छोरी पञ्चा माओवादी आन्दोलनमा विसं। २०५८ जेठ २१ गते माओवादीको पूर्णकालीन सदस्य बनेकी थिईन् ।

क्रान्तिकारी विद्यार्थी एरिया अध्यक्ष हुदै, २०५८ साल असोजमा जिल्ला समिति सदस्य, २०५९ मा जिल्ला कमिटी कोषाध्यक्ष, २०६० मा जुम्ला कालिकोटको अध्यक्ष, २०६२ मा कालिकोटको अध्यक्ष, २०६४ को १७औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०६५ फाल्गुन को एकता भेलाबाट सचिवालय सदस्य, २०६७ को राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य तथा साविक भेरी कर्णाली प्रदेशको संयोजक बनेकी थिईन् ।

त्यसैगरी, विसं। २०७२ को राष्ट्रिय भेलाबाट केन्द्रीय सचिव तथा भेरी कर्णाली प्रदेशको ईन्चार्जसमेत बनिन् । संगठनको २०औं विस्तारित बैठकबाट केन्द्रीय उपाध्यक्ष भएकी छन् । सिंह एकताको २१औं राष्ट्रिय सम्मेलनबाट केन्दीय उपाध्यक्ष निर्वाचित मात्र होइन, सर्वाधिक भोट ल्याएर सम्मेलनको ‘म्यान अफ द ईलेक्सन’ बन्न सफल भएकी थिईन् । हाल उनी सुर्खेत बस्दै आएकी छन् ।

प्रतिकृया दिनुहोस्