OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०७८काठमाडौं
४४५ पटक

१६ असोज २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको राष्ट्रिय महाधिवशेन आगामी कार्तिकमा सम्पन्न हुने भएको छ ।

नेकपा हुँदाको बखत प्रेस सेन्टर र प्रेस चौतरी मिलेर बनेको प्रेस संगठन नेपालको आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकले प्रेस संगठन नाम हटाएर प्रेस सेन्टर नै कायम राख्ने निर्णय गरेको हो । उक्त बैठकमा प्रेस सेन्टरका सातवटै प्रदेशका संयोजकहरुले आ आफ्नो प्रदेशको सांगठानिक अवस्था, संगठन सञ्चालनमा देखिएका समस्या एवं चुनौति, समाधानका लागि गरिएका प्रयास तथा आगामी योजनासहित अघि बढ्न चालिएका कदमका विषयमा रिपोटिङ् गरेका थिए ।

भौतिक तथा भर्चुअल माध्यमबाट बसेको उक्त बैठकमा नेकपा माओवादी प्रचार विभागका प्रमुख तथा स्थायी समिति सदस्य कृष्णबहादुर महराले जनचाहना अनुसार पार्टी अघि बढ्ने बताउनुभयो । मुलुकको उन्नयन र दिगो विकासका लागि प्रेस जगतले सँधै पहरेदारको भूमिका निर्वाह गर्दै आएको बताउँदै स्थायी कमिटि सदस्य महराले समाज परिवर्तनमा पत्रकारहरुले विशेष सहयोग पुर्याउने जनाउनुभयो ।

बैठकले असोज मसान्तसम्म सदस्य वितरण तथा नवीकरण गर्ने र कार्तिक ८ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयले गरेको संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो । संयोजक दाहालका अनुसार बैठकको निर्णयसँग केन्द्रीय समिति अधिवेशन आयोजक समिति र सबै समितिहरु अधिवेशन आयोजक समितिमा परिणत भएका छन् ।

त्यस्तै, महाधिवेशनबाट पारित गर्ने गरी संगठनको विधान प्रस्ताव गरिएको छ । विधानमा संघ, प्रदेश र स्थानीय पालिकाका शाखाहरुलाई बलियो प्रस्ताव गरेको छ । पालिका समिति नबन्दासम्म जिल्ला समन्वय समिति नै कामकाजी हुने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्