OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०७८सुर्खेत
११२१ पटक

१६ असोज २०७८, शनिबार

नेपाली काँग्रेस जुम्ला प्रदेश ‘क र ख’ को निर्वाचनमा पौडेल पक्ष विजयी भएको छ । दुवैमा पौडेल पक्षले प्यानल नै जितेको छ ।

प्रदेश ‘क’ का सभापति लक्षिमन बोहोरोले कुल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी नारायण (विष्णु) शाहीले २३१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, पौडेल पक्षकै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै, प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी हुनुभएको छ । विजयी उम्मेदवार बुढाले कुल खसेको ४९० मतमा २४२ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी देउवा पक्षधरका भीमनिधि हमालले १९९ मत ल्याएर पराजित हुनुभएको अधिकृत आचार्यले बताउनुभयो ।

त्यस्तै, उपसभापति दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले जनाउनुभयो । २३ सदस्यीय प्रदेश क्षेत्रीय कार्य समितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल पक्षले देउवा पक्षलाई बढारेको छ ।

त्यसैगरी, १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारहरुले जितेका छन् । नेपाली काँग्रेस प्रदेश ‘क र ख’ मा पौडेल पक्षको जितसँगै देउवा पक्षलाई जुम्लामा निकै ठूलो झट्का लागेको छ ।

प्रतिकृया दिनुहोस्