OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ६, २०७८काठमाडौं
५३४ पटक

६ असोज २०७८, बुधबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा कार्यालयमा आगलागी भएको छ । नगरपालिकाको वडानं. १ को कार्यालयमा आज बिहान साढे १० बजे आगजनी भएको हो । आगजनीबाट कार्यालयका कागजातको साथै अध्यक्ष बस्ने कुर्सी, सोफा, दराजहरु जलेर नष्ट भएका छन् ।

वडा अध्यक्ष गंगाराम सुनारका अनुसार सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब १०ः३० बजे वडा कार्यालयमा आगजनी गरेको बताउनुभयो । आगजनी गर्ने व्यक्तिले वडा अध्यक्षलाई फोनबाट वडा कार्यालय जलाइदिने धम्की दिएको वडा अध्यक्ष सुनारले बताउनुभयो ।

‘मलाई १०ः१५ बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर १०ः०० बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटिदिन्छु भनेका थिए’ वडाध्यक्ष सुनारले भन्नुभयो, ‘म काम विशेषले गोष्ठीमा भएकाले कार्यवहाक दिएको छु उहाँसंग काम गर्नुस । यदि म नै चाहिने हो भने दिउसो तिर अफिस आउछु भनेको थिएँ ।’

फोनमा कुराकानी भएको केही समयपछि अफिसमा आगजनी भयो भनेर कर्मचारीहरुले फोन गरेको वडा अध्यक्ष सुनारले बताउनुभयो । वडा कार्यालयमा आगलागी भएपश्चात नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी वडा कार्यालयमा निरीक्षण गर्नुभएको थियो । सुवेदीले सरकारी सम्पतीमाथि क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्