OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ५, २०७८सुर्खेत
७६४ पटक

५ असोज २०७८ मंगलबार

कर्णाली प्रदेश अस्पतालका सुर्खेतका निर्देशक डा.डम्बर खड्काले रु।५० लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ ।

निर्देशक खड्काले स्वर्गीय बुवा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु।५० लाख ‘प्रेम–माया गरिब असहाय सहयोग अक्षयकोष’ स्थापना गरेको बताउनुभयो । उहाँका अनुसार अक्षय कोषको सेवा पाउनका लागि बिरामीले अस्पतालको सामाजिक सुरक्षा विभागको सिफारिस लिनु पर्नेछ ।

‘प्रदेश अस्पतालको सामाजिक सुरक्षा विभागले गरेको सिफारिसका बमोजिम उपचारको व्यवस्था मिलाइनेछ,’ उहाँले भन्नुभयो, ‘अक्षयकोषमार्फत प्राप्त हुने ब्याजबाट प्रदेश अस्पतालमा उपचारका लागि आएका असहाय, गरिब र अशक्तहरुलाइै उपचारमा सघाउने गरी मापदण्ड हुनेछ ।’

निर्देशक खड्का परिवारमा चार भाई छोरा हुनुहुन्छ । जसमा जेठा छोरा पूर्णबहादुर खड्का नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व गृहमन्त्री हुनुहुन्छ भने माइला छोरा डा.डम्बर खड्का कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक । साँहिला छोरा विष्णुबहादुर खड्का कांग्रेसका युवा नेता एवम् व्यवसायी र कान्छा छोरा किरण खड्का इन्जिनियर रहेको जनाईएको छ ।

कर्णालीजस्तो दुर्गम क्षेत्रका गरिब नागरिकहरुका लागि अक्षयकोषले महत्वपूर्ण सघाउ पु¥याओस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको निर्देशक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, कर्णाली प्रदेश अस्पतालमा सेवा लिने कतिपय बिरामीहरुले औषधि किन्न, अस्पतालको बेड चार्ज तिर्न, बिरामीका लुगा प्रबन्ध गर्न र अस्पतालबाट डिस्चार्ज भएर घर जाँदा खर्च नपुग्नेलगायतका समस्या हामीले देखे÷ भोगेकोले अक्षय कोष स्थापनाको सोच निकाल्यौं ।

आफ्ना चारै दाजुभाईहरुले आपसी सल्लाह गरी बुवा–आमाको सम्झनामा अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगेको उँहाले जनाउनुभयो । उहाँका अनुसार रु.५० लाखबाट वार्षिक रु.छ लाखको बराबर ब्याज आउँछ । त्यहीँ ब्याजबाट अप्ठ्यारोमा परेका नागरिकहरुको समस्या टार्न हाम्रो प्रयास निर्वाध अघि बढ्नेछ ।

प्रतिकृया दिनुहोस्