OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ५, २०७८सुर्खेत
१११९ पटक

५ असोज २०७८ मंगलबार

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतद्वारा आज आयोजित आव।०७३÷०७४–०७७÷०७८ सम्म सेवाग्रहीहरुले आकस्मिक, अन्तरंग, बहिरंग विभागसहित विभिन्न माध्यमबाट दिईएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक डा.खड्काले सो कुरा बताउनुभयो । तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार मध्यपश्चिम क्षेत्रीय अस्पताल हुँदै प्रदेश अस्पतालमा रुपान्तरण भएको यसले पछिल्लो समयमा सबैखाले स्वास्थ्य सेवा विस्तार गरेको छ । “अहिले हामीले अर्थोपेडिक, पेडियाट्रिक, , साईक्याट्रिक, जेरियाट्रिक, पोष्ट ओपी, न्यूरो सर्जरी, इएनटीलगायतको विशेषज्ञ वार्ड सेवा शुरुवात गरेका छौं,” निर्देशक डा।खड्काले भन्नुभयो, “यसमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, न्यूरोलगायतका विधाका कन्सल्ट्यान्ट, विशेषज्ञ, मेडिकलसहित ६० जना डाक्टरहरु कार्यरत छन् ।”

प्रदेश अस्पतालका प्रवक्ता एवं हाडजोर्नी विशेषज्ञ डा.विकास केसीले सेवाग्रहीको समस्यालाई मध्यनजर गरी समय बढाएर अस्पतालले ओपिडी सेवा बिहान ८ः०० देखि बेलुका ४ः०० बजेसम्म र नाम दर्ता ८ः०० देखि दिउसो २ः०० बजेसम्म गरिने बताउनुभयो । उहाँले बिरामीहरुकै हितमा आकस्मिक सेवा, सिटी स्क्यान, अल्ट्रा साउण्डलगायतका सेवा प्रवाह गरिएको जनाउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौंमा कार्यरत रही काजमा प्रदेश अस्पताल आउनुभएका न्यूरोसर्जन सहायक प्राध्यापक डा.निलम खड्काले कर्णालीको करिब २० लाख जनसंख्यामा एकजना न्यूरोको डाक्टर हुनु दुःखद् कुरो भएको बताउनुभयो । यद्यपि यो चार महिनाको अवधिमा पनि २५ जनाको टाउको, दुईजनाको हड्डी, एक÷एक जनाको घाँटी र ढाडको शल्यक्रिया भएको उहाँको भनाई थियो ।

सामाजिक सुरक्षा शाखाका प्रमुख रामप्रसाद भण्डारीले गत आर्थिक वर्ष २०७७÷०७८ मा कर्णाली प्रदेश अस्पतालबाट १६ हजार बिरामीले स्वास्थ्य बीमाको सेवा लिएको बताउनुभयो । पछिल्लो समयमा बीमाप्रति नागरिकहरुको आकर्षण बढेको बताउँदै शाखा प्रमुख भण्डारीले ४० प्रतिशत नागरिकहरु प्रदेश अस्पतालबाट लाभान्वित भएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्