OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ४, २०७८सुर्खेत
७४१ पटक

४ असोज २०७८, सोमबार

कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य योगेन्द्र शाहीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

सदस्य शाहीले आज आयोगका अध्यक्ष तथा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा दिनुभएको हो । आजभोलि आफू काठमाडौं भएकोले प्रविधिको साहयताले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको उहाँले बताउनुभयो । “कुनै दबाब र विवादविना मैले स्वैच्छिक तवरले राजीनामा दिएको हु,” सदस्य शाहीले भन्नुभयो, “राजीनामा पत्र पठाउँदा मुख्यमन्त्रीले शाहीले राजीनामा नदिन नै भन्नुभएको थियो ।”

मूलतः पछिल्लो राजीनीतिक घटना क्रमले दिक्क बनाएपछि आफूले राजीनामा दिएको उहाँले खुलाउनुभयो । विसं.२०७५ मंसिर ९ गते गते कर्णाली प्रदेश योजना आयोगको सदस्यमा पदबहाली हुनु भएका शाहीले आफ्नो तीन वर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभयो ।

उहाँका अनुसार कार्यकालको तीन वषर््को अवधिमा कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, जलविद्युत, सडकलगायतका क्षेत्रको आधारभूत दस्ताबेज निर्माण गर्नुको साथै दिगो विकास लक्ष्यलाई सहयोग पुग्ने दूरगामी नीति तथा योजना निर्माण गरिएको छ । कर्णाली आफ्नै भूमि भएकोले आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि आफ्नो व्यक्तिगत तहबाट सक्दो सहयोग निरन्तर रहने उहाको भनाई थियो ।

प्रतिकृया दिनुहोस्