OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ४, २०७८काठमाडौं
३७३ पटक

४ असोज २०७८, सोमबार

सरकारले संविधान दिवसका अवसरमा वितरण गरेको विभिन्न मानपदवी र पदकका विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गरेको कटाक्षप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले आक्रोश ब्यक्त गरेकी छन् ।

आइतबार ओलीले एक कार्यक्रममा सत्ताको आडमा सरकारले आमा बाबु श्रीमतीलाई पदक दिएको भन्दै ब्यङ्ग्य गरेका थिए । ओलीले सरकारले बाँडेको अलंकार र पदकले नेपालीको नाकमा कालो पोतेको टिप्पणीसमेत गरेका थिए ।

ओलीको उक्त भनाईप्रति गंगाले आक्रोश पोखेकी हुन् । सरकारले प्रचण्डकी श्रीमती सिता दाहाललाई राजनीतिक अभियान्तका रुपमा सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको थियो ।

गंगाले भनेकी छन्, हाम्रो परिवारमा आमा सीता दाहाल लामो समयदेखि एक प्रकारको रोगसँग लडिरहनुभएको छ । प्रायजसो आमाको स्वास्थ्य अवस्था कमजोर भईरहने हुँदा अस्पताल लगिरहनुपर्छ । विगत २ दिनदेखि स्वास्थ्यमा आएको समस्याका कारण आमाको स्वास्थ्य चेकजाँचका लागि हामी अस्पतालमै थियौं, एक्कासी अनलाईन मिडियामा आमाले पदक पाएको समाचारमा आँखा गयो ।

एकैछिन पछि एमाले अध्यक्ष केपी ओलीको ‘श्रीमतीलाई पदक बाँडियो’ भन्ने खालको तल्लोस्तरको कटाक्ष आयो, जुन उहाँको शैली नै हो, सामाजिक सञ्जालमा देख्न पाईयो । शारिरीक रुपमा अशक्त अनि कमजोर आमाप्रति केपी ओलीले गरेको एक किसिमको दुर्व्यवहार देख्दा सायद छोरी भएर होला साह्रै पिडा महसुस भयो ।

कमरेड ओलीलाई एउटा प्रश्न, हाम्री आमा हिंजोका दर्दनाक दिनहरुमा कैंयौ दिनरात हिमाल, पहाड अनि तराईका खोल्सामा भोको पेटमाथि पटुका कसेर समाज परिवर्तनका निम्ति हिड्दै र लड्दै गर्दा तपाई त काठमाडौंमा बयलगाडाका कथा उट्पट्याङ शैलीमा सुनाएर दुनिया हसाँउदै हुनुहुन्थ्यो नि होईन र कमरेड ?’

खोई किन हो केपी ओलीहरुले बोल्न नसक्ने हाम्री आमाको भद्दा मज्जाक उडाउदै गर्दा आमाको संघर्ष र निधारको पसिना आज फेरि एकपटक सम्झिएकी छु ।

कमरेड प्रचण्डलाई आज विश्वले चिन्दछ, प्रचण्डलाई प्रचण्ड बनाउन सीता दाहालको त्यति नै भुमिका छ । तर ओलीहरुले यी कुरा बुझ्दैनन् । किनकि महिला उनीहरुका लागि केवल श्रीमती र दास मात्र हुन् तिनको आफ्नो कुनै पहिचान हुँदैन ।’

केपी ओलीले आज जे बोले त्यो ऊनको संस्कार हो, थाह छैन उनले समाजलाई के सिकाउन खोजेका छन् । ऊनी आज दिनरात मुखमा आएजति सामान्य मानिसले सुन्न नसकिने गरि बोल्छन् किनकी उनी बिक्षिप्त छन् । केपी कमरेड क्रियाको प्रतिक्रिया मात्र दिएकी हुँ र एउटा सुझाव आत्मसन्तुष्टिको लागि अरुको भावनामाथि कहिल्यै नखेल्नुहोला ।

अन्तमा, परिवर्तनका निम्ति आफ्नो ज्यान कात्रोमा बाँधेर हिड्नुभएकी हाम्री आमालाई कुनै एक पदकसँग नतौलिईयोस् ।’

प्रतिकृया दिनुहोस्