OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०७८काठमाडौं
८३८ पटक

३ असोज २०७८, आईतबार

कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् ।

संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

सायमिले अनलाइनखबरसँग भने, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’ आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे भएकाले यो पदक लिन नसुहाउने’ उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।

पत्रकार थापाले पनि अस्वीकार गरे पदक

संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गर्नेहरुको सूचीमा पत्रकार हरिबहादुर थापा पनि थपिएका छन् ।

इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

विगतमा आफूलाई पदकका लागि पटकपटक सोधिएको र अस्वीकार गरेको भन्दै उनले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको उल्लेख गरेका छन् ।

उनले पदक वितरणको विधि र पारदर्शितामा खुला बहस हुनुपर्ने पनि जनाएका छन् । थापा लेख्छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

सातौं संविधान दिवसको अवसरमा सरकारले ९०० बढीलाई विभिन्न पदकबाट विभूषित गर्ने निर्णय गरेको छ । अनलाईनखबरबाट

प्रतिकृया दिनुहोस्