OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०७८सुर्खेत
२८८ पटक

३ असोज २०७८, आईतबार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

सातौं संविधान तथा राष्ट्रिय दिवस २०७८ को सुखद् अवसरमा सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताउनुभयो । ईतिहासका विभिन्न कालखण्डका सङ्घर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण वीर शहीदहरुमा उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण एवं पीडितहरुप्रति सम्मान प्रकट गर्नुभएको छ ।

आज उहाँद्वारा जारी सन्देश भनिएको छ, “जनताको राजनीतिक अधिकार प्राप्तिको सङ्घर्षको चरण सम्पन्न भईसकेको छ । अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीति निर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षहरुलाई जिम्मेवारीपूर्वक लाग्न अनुरोध गर्दछु ।”

प्रदेश प्रमुख कलौनीका अनुसार वर्तमान संविधानले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न सबै पक्ष एकताबद्ध भई मन, वचन र कर्मले समर्पित हुन सबैमा आह्वान गर्दै उहाँले आजको दिनले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र कर्णाली प्रदेशको दीर्घकालीन सोच ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’लाई पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्