OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७८सुर्खेत
६१७ पटक

२ असोज २०७८, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको अवस्थामा विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने ती व्यक्तिहरुमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाध गाउँपालिका–६ दैलेखका ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसबारे थप विवरण आज दिउँसो १२ः०० बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएको छ ।

प्रतिकृया दिनुहोस्