OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३०, २०७८सुर्खेत
८७५ पटक

 ३० भदौ २०७८, बुधबार

मालिका माध्यमिक विद्यालय दैलेखमा अध्यापनरत ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बिसीको हत्या व्यक्तिगत रिसिईवी कारण भएको खुलेको छ ।

गुराँस गाउँपालिका–८ दैलेख छोटेपोखरास्थित उक्त विद्यालयमा शिक्षक शिक्षण गर्दै आएका थिए । उनलाई सोमबार राति घाँटी रेटेर हत्या गरेको २५ वर्षीय महिला मुना रानाले स्वीकार गरेकी हुन् । घटनालगत्तै मंगलबार अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा टोली छोटेपोखरा पुगेको थियो ।

प्रहरी टोलीको अनुसन्धानका क्रममा आठ जना शंकास्पद व्यक्तिलाई प्रहरीले अनुसन्धानमा सदरमुकाम लगेको थियो । अनुसन्धानका क्रममा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षक बिसीको घाँटी रटेर हत्या गरिएको अवस्थामा मंगलबार बिहान विद्यालयको बरण्डामा लास फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्