OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३०, २०७८सुर्खेत
५५२ पटक

३० भदौ २०७८, बुधबार

वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे.१.ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।

उक्ट दुर्घटनामा घाईते ११ जना कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । घटना भएको खबर पाउने बित्तिकै बाङ्गेसिमलबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि पुर्याएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार उपचार गराईरहेका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेका छन् । दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भईरहेको र वीरेन्द्रनगर भित्र सो दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा पआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्