OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २९, २०७८सुर्खेत
५८३ पटक

२९ भाद्र २०७८, मंगलवार

जाजरकोटमा जीप दुर्घटनामा घटनास्थलमै दुई यात्रुको मृत्यु भएको छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेको भे १ क ९८७ नम्बको जीप नलगाड नगरपालिका ५ खारा गैरी सडक खण्डको गेरेनी भन्ने स्थानमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नलगाड नगरपालिका २ जाजरकोटका ३५ वर्षीय शान्ति रोकाय र जुम्ला घर भइ जडिबुटीको काम गर्ने मंगल महतराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुमार थापालेथापाले बताउनुभयो । उहाँका नुसार दुर्घटनामा छ जना घाइते भएका छन् । घाईतेको ईलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ । घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको थापाले जनाउनुभयो ।

प्रहरी प्रमुख थापाका अनुसार गाडीको ब्रेक फेलहुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दुर्घटना भएको हो ।। घटना स्थल सदरमुकाम खलंगादेखि ४५ किलोमिटरको दूरीमा पर्छ । गत वर्ष मात्र सञ्चालनमा आएको जनाउँदै प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्