OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २७, २०७८सुर्खेत
१११५ पटक

२७ भाद्र, २०७८, आईतबार

गोठिचौर गाउँपालिका १ जुम्ला निवासी एकाघरका २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ ।

पोखराका महानगरपालिका १० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उहाँहरुको आफन्तहरुद्वारा मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतमा आश्रित बुढा दिदीबहिनीहरुलाई रु.५० हजार सहयोग गरिएको हो । उनीहरुलाई पोखरादेखि जुम्ला भेट्न गएकी जुना गुरुङ दुवै दिदीबहिनी सुर्खेतमा रहेको जानकारी पाएपछि शुक्रबार जुम्लाबाट फर्केर शनिबार सुर्खेत पुगी आर्थिक सहयोग गर्नुभएको हो ।

“मष्तिष्क पक्षघात रोगको उपचारका लागि करिब १० वर्ष अघि पोखरा हरियो खर्कमा तीन वर्ष थेरापी गरेर फर्केकी उनीहरुलाई ओमकुमारीको व्यक्तिगत रु.१० हजार र आफन्तहरुबाट रु.२० हजार सहयोग भएको छ,” जुनाले भन्नुभयो, “मेरो रु.पाँच हजार र आफन्तहरुले रु.१० हजार सहयोग छ । बेलायतमा बस्ने मेरो छोरी निकिता गुरुङ्का साथीहरुले पठाएको खाजा, सेनेटरी प्याड, साबुन, कपडासहित रु.पाँच हजार गरी रु.५० हजार प्रदान गरेका छौं ।”

पक्षघातका कारण शारीरिक अपाङ्गता भएका उनीहरु करिब एक वर्षदेखि मानव सेवा आश्रम सुर्खेतमा आश्रय लिँदै आएकी छन् । आमाको मृत्युपछि बुबाले अर्कै श्रीमती लिएर उनीहरुलाई छोडेपछि दुवै बेसाहारा बनेका थिए । दुवैलाई आईएनएफ जुम्लामा कार्यरत कर्मचारी सम्झना शाहीले करिब आठ वर्ष स्याहारसुसार गर्नुभएको थियो ।

शाही कामको सिलसिलामा बाहिर जानुपर्ने अवस्था आएपछि उनीहरुको व्यवस्थापनका लागि एकवर्ष अघि गुठिचौचर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा मानव सेवा आश्रम कर्णाली प्रदेश कार्यालयमा सिफारिस गरिएको थियो ।

शारीरिक अपाङ्गता भएपनि उनीहरु बौद्धिकरुपले कमजोर नभएको मानव सेवा आश्रम सुर्खेत जिल्ला संयोजक सञ्जिता गौतमले जानकारी दिनुभयो । बुढा दिदीबहिनीका लागि पोखराबाट प्राप्त नगद तथा जिन्सीसहित खुत्रुके सुरक्षित राखिएको संयोजक गौतमले बताउनुभयो ।

“बालबालिका, आमा र बाबाहरु गरेर आश्रममा ७२ जना सहयोगापेक्षी नागरिकहरु हुनुहुन्छ,” उहाँले भन्नुभयो, “ती मध्य एकजना बंगलादेशी महिला पनि हुनुहुन्छ । उनको भाषा बुझिदैन तर गुगलमा खोज्दा उनी बंगालदेशकी हुन् भन्ने अनुमान गरिएको छ । आश्रम रहेका केहीलाई ठिक बनाएर परिवारसँग पुनर्मिलन पनि गराई दिएका छौं ।”

मानव सेवा आश्रम सहयोगापेक्षी सबै नागरिकहरुलाई राम्रो सेवा प्रवाह गरेको छ । विष्णुमाया र निर्मला बौद्धिकरुपमा सबै बुझ्ने भएकोले आफ्नो अवस्था आफैले देखेर कहिलेकाहीँ निराशा प्रकट गर्ने गरेको जिल्ला संयोजक गौतमले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्